Skip to content

चाहिन म तिम्रो झुठो माया जालमा फँस्न


चाहिन म तिम्रो झुठो माया जालमा फँस्न
त्यसैले त सकिन म तिम्रो दिलमा बस्न

स्वार्थी तिम्रो भावना नबुझेको कहाँ हो र?
त्यसैले त खोजिन म त्यो मुटुमा पस्न

सधैभरि धोका दिने तिम्रो बानी जान्दा जान्दै
गइन म अंध्यारो त्यो खाडल भित्र खस्न

मनभित्रको बिश्वासको बाँध नराम्ररी ढलेपछि
सकिन म जीवनभरको लगनगांठो कस्न

एक पटक गल्ती गरी हजार पटक रुनु भन्दा
तयार भए बरु म त खरानी नै घस्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *