हिजो अर्कैसँग देखें
आज अर्कैसँग देखें
मेरो साथ छोडेदेखि
तिमीलाई धेरैसँग देखें
कस्तो चाह रहेछ तिम्रो कसैले पुरा गरेनन्
सबैको भरमा पर्यौं तिमी कोही तिम्रो भरमा परेनन्
टोलटोलमा तिम्रो चर्चा सुनें
बाटोमा पागल झैं हाँसेको देखें
मेरो साथ छोडेदेखि
तिमीलाई यस्तै यस्तै रुपमा देखें
जहाँ छोड्यौ म त्यहीं नै छु
जस्तो छोड्यौ म त्यस्तै नै छु
धेरै पर तिमीलाई देखें
धेरै परिवर्तन तिमीमा देखें
मेरो साथ छोडेदेखि
तिमीलाई
शब्द, स्वर, संगीत – यश कुमार
एल्बम – तिर्खा