Skip to content


संस्कृतभाषा र साहित्यको क्षेत्रमा पाणिनीय अष्टाध्यायी -व्याकरण को स्थान शरीरमा प्राण जत्तिकै गहन र अन्योन्याश्रति छ । अझ साँच्चै भन्ने हो भने केही समयका लागि प्राणविनाको शरीरको त कल्पनासम्म गर्न सकिएला । तर पाणिनीय अष्टाध्यायीविनाको संस्कृतभाषा साहित्यको त त्यतिसम्म पनि सकिन्न । महामुनि पाणिनिद्वारा विरचित अष्टाध्यायीमा आठ अध्याय, प्रत्येक अध्यायको चारचार पाउले गरी ३२ पाउ र तीनहजार ९९५ सूत्र छन् र यिनै सूत्रभित्र नै संस्कृतभाषाका सबै शब्द अडेका छन् । अथवा भनौं यिनै सूत्रहरूले नै लौकिक र वैदिक सबै खाले संस्कृतशब्दहरूको स्वरूप सिद्ध गर्दै आएका छन् । पाणिनिको जन्म समयको बारेका विद्वान्हरू अहिलेसम्म पनि मतैक्यमा पुग्न सकेको पाइँदैन । कसैले ई. पू. चारपाँच शताब्दीतिर संकेत गरेका छन् भने कसैले ईशाको तीनचार शतकतिर हुनुपर्ने अनुमान लगाएका छन् । त्यस्तै कसैले ई. पू. सातौं, कसैले बाह्रौं, कसैले चौबीसौं र कसैले विक्रमपूर्व अठ्ठाइसौं सम्मलाई ठम्याएको पाइन्छ । जहाँसम्म उनको जन्मस्थान र कर्मस्थानको विषयको कुरो छ त्यसमा भने विद्वान्हरूबीच खासै मतभेद देखिएको छैन । उनीहरूकाअनुसार पाणिनिको जन्म हाल पाकिस्तानमा पर्ने तत्कालीन शलातुर भन्ने स्थानमा भएको थियो । जुन स्थानको नाम शब्दअपभ्रंश भएर हलातुर, हलाहुर हुँदै हाल लाहुर हुन पुगेको छ । त्यस्तै उनको कर्मस्थलोको कुरो गर्दा उनले नटराज भगवान् शिवको तपस्या गरी वरदान प्राप्त गरेको भनिएको स्थान हाल हाम्रै देश नेपालको अर्घाखाँची जिल्लाको पूर्वीभागमा पर्दछ । जुन स्थानको नाम पनि पाणिनि तपोभूमिबाट अपभ्रंश हुँदै हाल पणेना हुनपुगेको छ ।

विद्वान्हरूका अनुसार ‘समन’ बाबु र ‘द्राक्षी’ आमाका छोरा पाणिनिका धेरै नाम छन् । यसमध्ये कति कुलगोत्रसित सम्बन्धित छन् भने कति काम र स्थानसित सम्बन्धित छन् र सबै आआˆना स्थानमा त्यति नै महत्वपूर्ण छन् । तर उनलाई बढी लोकपि्रय र कालजयी बनाउने काम भने यही स्थानसित सम्बन्धित पाणिनि नामले नै गरेको छ । जुन नाम उनको तपोभूमि यही पणेना गाउँसित सम्बन्धित छ ।

पाणिनिको विद्याध्ययन स्थलसम्बन्धमा पनि त्यति नै मतभेद भेटिन्छ । यसमा कतै तक्षशिला उल्लेख भेटिन्छ भने कतै पटलीपुत्र -हालको पटना) उल्लेख भएको पाइन्छ । त्यसैले उनले यी दुवै स्थानलाई आˆनो अध्ययनकेन्द्र बनाएको हुनसक्ने अनुमान लागाउनु बाहेक यतिखेर हामीसामु अर्को विकल्प देखिन्न । शालिग्राम पोखरेलद्वारा लिखित पाणिनि तपोभूमि नामक पुस्तकमा उल्लेख भए अनुसार -जुन पुस्तकको दोस्रो संस्करण पचासवर्षपछि वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रतिको व्यवस्थापकीय अग्रसरता र भारद्वाज पोखरेल समाजको प्रकाशकीय सक्रियतामा हालै बजारमा आएको छ) पाटलीपुत्रमा वर्षनामक गुरुकहाँ पढ्न वस्दा सहपाठी कात्यायनसित प्रतिस्पर्धा गर्न नसकेपछि गुरुआमाको आदेशले महादेवको तपस्या गर्न हिमालयमा गएका थिए । पछि त्यहींबाट महादेवको आशीर्वादले अइउण् आदि १४ वटा माहेश्वरसूत्रद्वारा दीक्षित भई अष्टाध्यायी व्याकरणसूत्र निर्माण गर्न सफल भएका हुन् भन्ने प्रसङ्ग कथासरित सागरमा आएको छ ।

यस अनुसार उनले तपस्या गरेका हिमालय भन्ने स्थान पनि अरु कुनै नभएर यही पणेना गाउँको नजिकै रहेको तूदी डाँडा नै हो भन्ने विविध अध्ययनबाट पुष्टि भएको छ । विशिष्ट औषधीय गुणले सम्पन्न वनस्पति तथा अन्य यस्तैखाले विविध प्राकृतिक सम्पदाका प्राचुर्य र सदावहार जलवायुका घनीभूतताका कारण अलौकिक आनन्दको अनुभूति गर्न सकिने भएकाले पणेना गाउँ पर्यटकीय दृष्टिले अत्यन्त उपयोगी मानिन्छ । विशेष गरी कात्तिकशुक्ल एकादशी र माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने यस गाउँलाई आसपासमा रहेका सिद्धेश्वर महमादेवको मन्दिर, दुर्वासा आश्रम, रुरुक्षेत्र, पौराणिक कथासित सम्बन्धित भृगुआश्रम, पुलहाश्रम, नर्नताचलपर्वत -नरपानी) वाणगंगा आदि धार्मिक स्थलहरूले साँच्चै स्वर्गादपि गरीयसी बनाएको छ ।

निःसन्देह हामीलाई प्रकृतिको वरदानस्वरूप अनमोल प्राकृतिक सम्पदाहरू प्राप्त हुनु र यहाँका भूभागलाई दुर्वासा, भृगु, पुलह, पुलस्त्य, पाणिनि जस्ता देवषिर्, राजषिर् र महषिर्हरूले कर्मथालो बनाएका पाइनु हाम्रा लागि गौरवको विषय हो । तर यसो भनेर मात्र पुग्दैन । यसलाई व्यापक प्रसारप्रचार गरी विश्वको ध्यान आकषिर्त गराउन सक्नु पनि पर्दछ । उद्यमेन हि सिन्ध्यन्ति कार्याणि न मनोरथैः’ भन्ने त नीतिमै उल्लेख छ । नजिकै भए पनि सुतेको सिंहको मुखमा मृग आफैं आएर पसेको उदाहरण कहाँ पो पाइएको छ र । प्रकृतिको क्रीडाभूमि नेपाललाई प्राचीनकालदेखि नै देवता, ऋषिमुनिहरूको जति बढी आशीर्वाद प्राप्त हुँदै आएको छ । त्यति नै संस्कृत व्याकरणका सूत्रकार पाणिनि जस्ता मूर्धन्य व्यक्तित्व यहाँको माटोबाट आकषिर्त भई आउने गरेको पाइन्छ ।

नेपालीभूमिप्रति आकषिर्त भई टाढाबाट आउने पाणिनि त उदाहरण मात्र हुन् । खोजिपसे यस्ता व्यक्तिका नामावली लामै पाउन सकिन्छ । त्यसैले शालिग्राम पोखरेलले पाणिनि तपोभूमिको खोजअनुसन्धान गरे जस्तै सबैले याथासम्भव यस्ता ऐतिहासिक स्थलहरूको खोज अनुसन्धान गर्ने र सरकारी निकायले पनि त्यसलाई व्यापक प्रचारप्रसार गरी विश्वजनमानससम्म पुर्‍याउन सक्ने हो भने पर्यटनविकासका लागि टाडा जानै पर्दैन ।

विद्वान्हरूका अनुसार पाणिनीय व्याकरण शैवागम अन्तर्गत पर्दछ । यसको दार्शनिक रूप पातञ्जल महाभाष्यमा पाउन सकिन्छ भने विकसित रूपको बोध आचार्य भर्तृहरिको वाक्यपदीयबाट गर्न सकिन्छ । उनीहरूका अनुसार शब्दका परा, पश्यन्ति, मध्यमा र वैखरी गरी चार रूप मानिएको छ । यसैभित्र सारा संसार अडेको हुन्छ । शब्दविना संसारको कल्पना गर्नसम्म पनि गाह्रो पर्दछ । पाणिनीय व्याकरणले यही शब्दको स्वरूप बनाउने र चिनाउने गर्दछ । यस अर्थमा मात्र भन्ने हो भने पनि पाणिनि र उनको व्याकरणको स्थान जति महत्वको देखिन्छ उनलाई त्यस स्थानमा पुर्‍याउने गाउँ पणेनाको महत्व पनि त्यो भन्दा कम छैन भन्नै पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *