साउनको झरी बनी तिमी आऊ न
मेरो मनको अँधेरीमा जून छाऊ न
बाफ्फिएर आज हिमाल किन रोएछ
कता कता मनभित्र घाउ दुखेछ
बिहानीको किरणसँगै तिमी आऊ न
छातिभित्र मुटु बोल्छ तिमी आऊ न
निसास्सेको पारी पाखा कति धुमैलो
डुब्दै जाने घामले हो कि डँढेलो लागेको
भञ्जयाङ अनि पाखा भन्छ तिमी आऊ न
फूलहरु रोई भन्छ तिमी आऊ न
शब्द – दीपक जंगम
स्वर – नारायण गोपाल
