Skip to content


मैले टेक्ने डाली दिँदा लच्काएर भाँच्यौ किन
मेरो दुःख देख्दा तिमी ढाड् मर्काइ नाँच्यौ किन
मैले टेक्ने डाली दिँदा लच्काएर भाँच्यौ किन ?

क्रन्दन र पीडा हुँदा तिमी उता हाँस्यौ किन
दुबोरुपी मायाँ मेरो जरैदेखि मास्यौ किन
मैले टेक्ने डाली दिँदा लच्काएर भाँच्यौ किन ?

तिमीलाई देको मायाँ अर्कैलाई साँच्यौ किन
धनराशी र मायाँलाई तराजुमै दाँज्यौ किन
मैले टेक्ने डाली दिँदा लच्काएर भाँच्यौ किन ?

महेन्द्र लम्साल
चिन्नेबास ३, स्याङ्गजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *