SantoshLamichhane-02


मैले क्षणहरू बगाउँदै गर्दा
तिमी मष्तिष्कको चोटाबाट
चिन्तनका चिउरा चपाउँदै
ममाथि चोर औंला ठड्याउने गर्छौ

तिमीभित्रै च्याप्पिएर
उकुस मुकुस भएका सपनामा चोबलेर
तिमी भलाई पश्चाताप पस्कने गर्छौ

मरुभूमिमा निरन्तर हिंडिरहेको
एउटा उँटको थकाइमार्ने धोको जस्तो गरी
कुण्ठा अनि पुर्वाग्रहहरूको पोको खोतलेर
तिमी मलाई खोटको चश्माले हेर्ने गर्छौ

तर हे आफुले आफैलाई निर्णयक सोच्ने तिमी
एकपटक स्वच्छ मन लिएर सोच
तटस्थ भएर निष्कर्ष निकालेर हेर
नियोजित होइन निरपेक्ष भएर फैसला गर

अनि तिम्रा जन्मान्ध ईन्द्रियहरूले क्षणहरू बग्दै गर्दा
सृष्टिका हजारौं रंगहरू देख्नेछन्
निस्लोट तिम्रा संवेदनाहरू
मानवताका दृष्टान्त भएर जाग्नेछन्
तिमीले निर्जीव देखेर इन्कार गरेका सृष्टिका झुप्राहरू
सिर्जनाका उत्पात ठूला इमारत भएर उठ्नेछन्
समयका नालीबेलीहरू पनि
तिम्रो पट्यारका पटक्कै सिकार हुने छैनन्

संगसंगै
क्षणकै छहारीमा तिमी आफै पनि
उत्तरोत्तर उन्मुक्त हुँदै जानेछौ
अनि उन्माद र उत्साहका उदयले
खोटको उत्पक्ति हुनै छाड्ने छ
खोटको उत्पक्ति हुनै छाड्ने छ ।

http://merasabdaharu.blogspot.com/

First published on : 2012-10-05 11:30:56 +0900

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *