माया भन्ने के रैछ, खोजें घाट घाट
माया भन्ने यही हो कि, रहे साथ साथ
पीडा बोल्दा बोल्दैन्, मन खोल्दा खुल्दैन्
अभाव को फाँटमा, खोज्छ सदाकाल
माया भन्ने के रैछ खोजें, घाट घाट
नहुँदामा चाहतको, सन्क्रमणको काल
हुँदा देख्ने दुरुस्त, आफ्नै झै सन्सार
न त भेटें, फेद त्यो, न टुप्पो कन्काल
आफ्नै मात्र हो कि, रहर का त्रिकाल
माया भन्ने के रैछ, खोजे घाट घाट
दियर रित्याउ त्यो, भय जति भन्थेँ
उमङ्ले मन सधै, भरी भरी हिडथें
मुस्कान् छरी धरतीमा, मिठास म भर्थे
समेटेर बाच्नु पर्ने, कस्तो मायाजाल
माया भन्ने, के, रैछअ खोजें घाट घाट
