तिमी गल्ती गर …
सजाए मैले नै पाउने हो
घृणा गर्छु तिमीलाई भन्दै हिड्छु
तर सपनीमा तिमी नै आउने हो
सोच्न सकिन कहिले पनि
यस्तो हुन्छ जिन्दगीमा पनि
तिमीले गर्दा यो ज्यान गए पनि
माया त तिमीसँगै लाउने हो
तिमी गल्ती गर …
सजाए मैले नै पाउने हो
केही हेर्न सकिन्न, केही सहन सकिन्न
कति त्यस्ता कुरा छन्, जुन भन्न सकिन्न
तिमीले चाल पाउदिनौ कहिले
तर जिन्दगीभर तिम्रै पछि धाउने हो
तिमी गल्ती गर …
सजाए मैले नै पाउने हो ।
reply
Nothing can be better than low-cost top-notch papers created in consonance with the newest techniques offered by custom writing agencies.