Skip to content

यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन


यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन
थाहै नपाई गन्तव्यका बाटाहरू फेरिएछन

हृदयलाई बिच्छ्याएर माया प्रेम सजाएको
स्नेहालु त्यो आँगनीका माटाहरू फेरिएछन

किट पत्थर फुटाएर बनाएको बगैँचालाई
चट्ट पारी सिङ्गारेका साटाहरू फेरिएछन

थोप्ला थोप्ली बटुलेर दिनानुदिन बहाएको
रगत तथा पसिनाका टाटाहरू फेरिएछन

छातिभरी लागेका ती अनगिन्ती चोटहरू
घाउ फेरि बल्झिएर खाटाहरू फेरिएछन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
17th December,2012

1 thought on “यति छिटै जिन्दगीका पाटाहरू फेरिएछन”

  1. प्रिय मझेरी डट कम !
    यो

    प्रिय मझेरी डट कम !
    यो निरन्तर सद्भावना र स्नेह प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *