जगबाट् उठाई देऊ !


छोडें मैले देश आफ्नु
छोडें आफ्नु भेष
तोडें आफ्नै मिठो माया
मायालुको केश
फुले जहाँ पिई रस
मेरो माटो पानी
छैन् केही, खोज्छु सधैं
ठाउँ यो, बिरानी !

मन खोज्छु छैन् उस्तो
तन छैन् उस्तो
तातै सारा जल देख्छु
शीतलता लुटिए जस्तो
बिरानीको मोह किन
फाल्न सकिएन
रहरलाई किन मनले
बाध्न सकिएन ?

आफ्ना जलाई जाई ज्यथा
ईष्ट् मित्र सारा
त्यागी हरे बाच्नु पर्ने
बिदेशी कै पारा
मनसँग मनको भाव
दैव जुटाई देऊ
लाग्छ अब जगबाट
पनी उठाई देऊ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *