नविर्सने चैत्र २८


नविर्सने चैत्र २८ लाई विर्साउन बाध्य बनायो
नेपाली जनजनको मनोभावनलाई धुलमा मिलाईयो
नेताको कुवुद्धि र स्वार्थी भावले जन्ताले सास्ती पाईयो
बुद्धको देशमा अशान्तिको विगुल बजाइयो

पहिलो पटक संबिधान बनाउन २०६४ चैत्र २८ तोकियो
जन्तको मतवाट संबिधानको लागि प्रतिनिधि छानियो
थप माथि थप गर्दै विजयको आयु लम्ब्याईयो
विडम्वना जन्ताको मतलाई कठै जिरो बनाईयो

प्रतिनिधि भनाउदाहरूलाई मुठि भरका नेताले चाँगुरमा पारियो रे
चैत्त २८ को दिनको विजयलाई दागवति दिईयो रे
संबिधान सभा नै भंग गरादियो रे
कठै संबिधान देख्न चाहने नेपालीलाई उल्टो पाना दिईयो रे

चैत्र २८लाई फेरि ल्याउनै परयो रे
फेरि जन्ताले आफ्ना मत दिन परयो रे
अनि संबिधान बनाउन तयार हुन्छ रे
कठै लाज पछेको मान्छेहरू अँझै के के बोल्छ रे

२०६४ सालको त्यो दिनको उत्साहलाई लत्याउनेहरू
जन्ताको भावनालाई कन्टेनरमा फाल्नेहरू
देशलाई भाग बन्डा गरेर खानेहरू अब एक पटक सोचेर हेर
जन्ताको परिश्रम र मिहनेतलाई वेईमानी गरे फाल्ने दिनलाई हेर

तिम्रो जितमा जन्ता कति हासेको थिए
गान्त्रण र लोक्तन्त्रको नारावाजी कसरी गुन्जिएको थिए
तर सानो स्वार्थको भरमा परेर मित्र शक्तिलाई वैरी ठानेको थियौ
कठै जन्म दिने जन्ता र संरक्षण गर्ने जन्मुभूमिलाई दिन नहुने चोट दिएका थियौ

जन्ताले दिएको शासन सत्तामा फेरि राजतन्त्रको गन्ध आउन थालियो रे
राजतन्त्रकालिन पण्डितहरू अब शासन सत्ताको पुरोहित बनियो रे
नया चुनाव होइन अब ०४९ साल नै फर्काउने चियो चल्दैछ अरे
सत्तामा बस्ने मन्त्रि पुरोहितहरू मालिकलाई फर्काउने दिन कुर्दै छ अरे

केही ग्राइनडिजाइन फेल भयो रे फेरि डिजाइन बन्दै छ अरे
जन्ता विच भडकाव ल्याई पुरानै सत्ता ल्याउन सक्छ अरे
नेतावाट जन्तालाई ठगिएको भावको फाईदा उठाउने निचोड बन्दै छ अरे
नसकिए पुराना शक्ति फर्काउन साशन सत्ता थप्दै लमब्याउछ अरे

बधाई छ नेताहरू अब आफनै खाल्टोमा पुरीन तयार हुनु
राजतन्त्रको पुरोहितहरू विरुद्ध फेरि मसाल र बन्दुक उठाउनु
जन्ताले खोसेको साशन सत्ता पुरोहितहरूसँग फेरि माग्नु
राजतन्त्रकालिन भक्ति गाउने पुरोहितको पाउ पर्नु

सत्ता बुझाएर आफै निकम्वा सावित भएका छौ
जन्ताको मनवाट आफैले विश्वास उठाएका छौ
अब आफै खाल्टोमा खस्ने हो कि डर जन्माएका छौ
फेरि बाहिरी शक्तिलाई गुहार माग्न खोज्दै छौ

नआउन त्यस्तो दिन जन्ताको भावनाको कदर भईयोस
संयोगले त्यो दिन देखिए विन्ती जन्ताले दुख नपाईयोस
मुठि भरका नेताको स्वार्थ र वैरी भावले बुनिएको जालमा
परुन उनकै पाईलाहरू खनिएको आफनै खाडलमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *