घरभित्रका अनेक भाषा जोड्ने
एउटै भाषा नेपाली
तराइ पहाड र हिमालले ओड्ने
एउटै भाषा नेपाली
कुरा गर्छौँ आफ्नै बोली
कति मिठो ह्रृदय खोली
तर एउटै भाषा नेपाली
जसले अँगाल्छ मेची महाकाली
मातृभूमिमा जन्मेदेखि
बामे सर्दै कपुरी “क” लेखी
भाषा भाषामा ममता हाली
एउटै नेपाल भन्छ भाषा नेपाली
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस् एन्जेलस् च्याप्टर
लस् एन्जेलस्
