मुटु मिचेर
दोष दिउँ कस्लाई
भाग्य आफनै
खोटो भइदिए सि
आवरा जिन्दगी भो ।
भन्दैन चेली
राता रात बेचिन्छ
मौन छ सबै
हाट हजारी खेल
किन्नेहरूको भीड ।
ऋण बोकेर
दिनरात बेचिन्छ
पैसामा मान्छे
जुनिभरी दास भै
रजाई मालिकको ।
मलाई अब
मायाको सागरमा
डुब्नु छैन है
बाच्ने मर्ने कसम
खानेलाई देख्या छु ।
कस्तो नियत
पापी भनु या धर्मी
डुंगाको मन
बाहिर राम राम
भित्र बगली छाम ।
जानकारी पाउँ
ताङ्काका बारेमा केही जानकारी चाहिएको थियो । तपाइँ दिन सक्नुहुन्छ
सक्छु
कृपया के जान्न चाहनु हुन्छ मेरो म सोधेको कुराको जबाफ दिन तयार छु हजुर भन्नु होस्नातम के भनु ?
अन्यथा नसोची दिनुहोला !
कवयित्री नर्वदा ज्यूँ , हजुरलाई मैले केही पनि लेखेको छैन जस्तो लाग्छ, यदी म बाट हजुर समक्ष त्यस्तो कुनै गल्ति शब्दहरू हुन पुगेमा हृदयदेखि नै क्षमा माग्न चाहान्छु ।
एउटा कुरा
छनी मेरा नया रचना छापेको ठाउमा
किन तस्बिरै नभएको ?कैले चाही हुने र कैले चाही नहुने त्यो बुझ्न सकिन . कृपया बुझाइ दिए कति राम्रो होला नि हजुर ? पछी लागेका प्रस्न गर्दै रहला है हजुर झर्को ट अबस्य हुन्न नै ठाने मैले
अर्को हिन्दि म गजल आउदा लेख मनलाग्छ र यहाँ ३ टा जति हाल्य थिए तर गुम्यो कि हुदैन छाप्नु ?भनदिनुन हजुर . धन्न्य्बात ,,,
नर्वदाजी
नर्वदाजी, प्रश्न आफ्नै रचनामा राख्नुभएको भए हुन्थ्यो । फोटो राख्न कोड थप्नुपर्छ, त्यसैले त्यो काम सम्पादकले गर्ने गरेको व्यहोरा जानकारी गराइन्छ । विगतमा केही लेखकहरूले जथाभावी तस्बीरहरू पोस्ट गर्ने गरेका हुनाले त्यसो गर्न हामी वाध्य भएका हौं ।
Hy
बैनी नर्मदाजी ।
तपाइँको यो हिन्दी गजल हाल्नु हुन्छ कि हुन्न भनेर लेखेको लेखाइ तपाइँकै हो भने मलाइ ता सारै सरम लाग्यो । यस्तो लेखाइबाट कसरी पार पाउनुहुन्छ तपाइँ ? मैले सहयोग गरिदिउँला भनेको थिएँ तपाइँलाई मसँग सम्पर्क गर्न डर लाग्यो कि के हो ? यस्तो लेखाइले भाषाको इज्जत जान्छ बैनी ।
ताङ्काको बारेमा
लौ, कविजीले लेख लेखिदिहाल्नुभो नि!
https://www.majheri.com/node/13326
प्रश्न ?
नर्वदा देवी जी !
हजुरले यही प्रश्नलाई एकपटक सम्पादक ज्यूँ संग राख्नु भए सुनमा सुगन्ध हुने थियो कि । म पनि हजुर जस्तै धेरै कुराहरूमा अनभिग्य नै छु, र मलाई आशा छ अवस्य पनि सम्पादक ज्यूँले यहाँको गुनासोहरूलाई प्रतिउत्तर दिनुहुनेछ ।