इच्छाहरू लमतन्न छ
अनन्तमा मान्छेहरू
आफ्ना गोरेटोहरू खोजिरहेछन
भाग्य निर्दिष्ट
अर्को बाटो देखाऊ छ,
यो उहापोह
जीवन रोग जस्तै
असफलता हातभरी बटुलेर
घर बनाउन खोज्छु !
अखबारमा पद खोजिरहेछु
टेकनलाई लहुरी खोजिरहेछु
यो पलान हुनु अघी को जिन्दगी
अरबका ताता बालुवाहरू
घामका चर्का नाद
हलुङ्गो हुन खोजिरहेछु
समस्त रिक्तत्ताको
समिश्रण जीवन बनेछ
र म केबल
लाहुरको लागि जन्मेछु
देशको माटो र पानी
हुर्काउन, देश खर्चिरहेछ र म
देशको लागि मर्न तयार
परदेशिन तयार ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *