बाबा सुसु आयो

DSC00282

बाबा सुसु आयो
मकर वियस

ऊ फिस्स हाँस्यो
र म पनि हाँसे
ऊ नजिक आयो
मैले गालामा म्वाई खाए
उस्ले मेरो हात समायो
र उस्तै गरी म्वाई खायो

आँहा कति मिठो प्रेम
म सोच्न नभ्याउदै
उस्ले मेरो कपाल
कस्सेर समायो
बुर्लुक्क उफ्रयो
र काधमा चढ्यो
अनि भन्न थाल्यो
म अग्लो भए
बाबाभन्दा अग्लो भए …

ऊ फटाफट टेवुल
नजिक गयो
त्यहाँ कुर्छी राख्यो
रमाउदैं चढ्यो
अनि छिटोछिटो
किताबहरु झिकेर
भुईभरी फाल्यो
मैले नफाल्न भने
उसले अझ बढी फाल्यो
धन्य, मैले भोली फाल्नु भने
ऊ रोकियो
र कट्टुमै सुसु ग¥यो
मैले कट्टुमा सुसु गर्नु हुन्न भने
उस्ले हुन्छ भन्यो
मैले उस्लाई म्वाई खाए
उस्ले मलाई म्वाई खायो

आफ्नो सवारी चढ्यो
र अघिपछि गर्दै गुडाउन
थाल्यो……………..
जब ओर्लियो ऊ
धमाधम झोकबाट
कपडा तान्यो
मैले न तान्न भने
उस्ले अझ बढी तान्यो
मैले आजलाई पुग्यो भने
ऊ रोकियो
फेरी कट्टुमै सुसु ग¥यो
र म केही बोल्न नभ्याउदै
उस्ले भन्यो
बा…बा… सुसु आयो…………।

जब्दी–६, हरिभवन, सर्लाही,
हालः हेटौंडा
२०७० जेठ २१
www.makaronline.blogspot.com

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *