दुनिया लाइ ढाटन सक्छु तिम्रो लागी
आफैलाइ कसरी झुक्क्याउ, भन न
तिमि मेरी हुदैनौ थाहा छ
कसरी फेरी सपना सजाऊ, भन न
तिमि बाधीयौ बिवसता को घेरा मा, थाहा भो
कसरी अब म फूकाऊ, भन न
झल्किन्छ आखा मा तिम्रै लागी माया
कसरी छोपेर लुकाउ, भन न
रुन्छ मन घरी घरी, कुरा खेल्छन नाना थरी
कसरी अब आफै लाइ फकाऊ, भन न
दुनिया लाइ ढाटन सक्छु तिम्रो लागी
आफैलाइ कसरी झुक्क्याउ, भन न
तिम्रो नाता अरु संग, सोच्दा नै अजीब लाग्छ
अब कसरी यो मन बुझाऊ,भन न
तिमि मेरी हुदैनौ थाहा छ
कसरी फेरी सपना सजाऊ, भन न
होइन गज़ल भनेर कमसेकम अलि गज़ल
होइन गज़ल भनेर कमसेकम अलि गज़ल जस्तो पोस्ट गर्नुहोस् न मित्र … नत्र कविता वा अन्य केहि भनेर पोष्ट गर्दा पनि हुन्छ … !
यो त गजल भएन जस्तो लाग्यो
यो त गजल भएन जस्तो लाग्यो मलाइ पनि ।
मझेरी लाई नै..
मझेरी लाई नै झुक्याए जस्तो छ गज़ल भनेर