Skip to content


चार धामका लागि द्वारिका र जगन्नाथपुरी बाँकी थियो । यो दसैँमा पूरा गर्ने भनेर अठोट गरियो तर कमसेकम डेढ दुई महिना पहिले टिकट लिनुपर्ने रहेछ । समय भिड्काएर लिँदा जताको टिकट पाइयो पहिले त्यतै जानपर्ने भयो तर सिट आरक्षित भएपछि भीडभाडबाट भने मुक्ति पाइयो । हरेक बिहीबार गोरखपुरबाट रेल सिधै द्वारिका जाँदोरहेछ । हाम्रो पहिलो गन्तव्य त्यही भयो । त्यसपछि द्वारिकाबाट मुम्बई हुँदै सिरडीका लागि मनमाड जानपर्ने भयो । सिरडीबाट फेरि फर्केर मुम्बईबाट तिरूपति जाने र त्यहाँबाट जगन्नाथपुरी हुँदै कलकत्ता निस्किएर गोरखपुर र्फकनुपर्ने भयो । सबेरै बिहीबार गोरखपुरबाट ४ बजे रेल छुट्ने भएकोले भैरहवाका लागि बुधबारको टिकट पनि बनाइयो तर बीचमा बन्दसन्द पर्‍यो भने मुस्किल पर्ला नि भनेर कोषराज भाइले डर देखाइदिए । दसैँको बेला अर्को दिनको टिकट पाउन पनि कठिन थियो । त्यसैले जे त होला भनेर कम्मर कसियो ।

बिहान ७ बजे कलङ्की पुगे पनि बसले ९ बजे मात्र बाटो छिचोल्न सक्यो । जे भए पनि यात्राको उल्लासले हामी प्रफुल्ल थियौँ । पहाड गाउँबेँसी सबै दृश्यहरू मनोरम लागिरहेका थिए । मनमा खुसी भएपछि जता हेर्‍यो त्यतै राम्रो देखिँदोरहेछ । चियाको भरमा हिँडेकोले भोक पनि लाग्न थालेको थियो । उत्सुकताका साथ चियानास्ता गर्ने बिसौनीको प्रतीक्षा गरिरहेका थियौँ । एकाएक बस थचक्कै रोकियो । क्या फसाद Û हिँड्न नपाई बसका दुइटा पाङ्ग्रा एकैचोटि पञ्चर भएछन् । जगेडा पाङ्ग्रा एउटा मात्रै । बिस्तारै चलाएर पञ्चर टाल्ने ठाँउसम्म पुग्नुपर्ने भयो । नजिक हुँदो बनाउने ठाउँ पनि फेला परेन । यो क्रममा अर्को पाङ्ग्रा पञ्चर नहोस् भनेर पुकारा गर्नुपर्ने भयो । कहाँको नास्तापानी, कहाँको भोक । बल्लतल्ल बनाउने ठाउँ खोजेर पञ्चर टाल्दा दिनको एक बज्यो । आसपासका दोकानमा भएको खानेकुरा हारालुछ भइहाल्यो । साथमा लगेको फुरनदानाले प्राण धानियो । बस हिँड्दा डेढ बजिसकेको थियो । अब एकैचोटि चितवनमा खाना खानका लागि बस रोकिन्छ भनेर ड्राइभरले उद्घोष गरे । कसैले विमति जनाएनौ बरु बस गुडेकोमा सबै खुसी थियौँ । त्यो खुसी पनि धेरै बेर रहेन । गजुरीको आसपासमा ठूलो दुर्घटना भएछ । ग्यास सिलेण्डर लिएर गएको ट्रक र यात्रु बस आपसमा ठोक्किएछन् । बाटो बन्द । सैयौँ गाडीको लाम लाग्यो । कहिले क्रेन आउने र पन्छाउने ? आखिर दुवैतिरका यात्रीले होस्टेहैँसे गरेर कच्याककुचुक भएका गाडीहरूलाई किनारमा पुर्‍याएपछि यातायात सुचारु भयो । नारायणघाट पुग्दा दिनको साढे चार बज्यो । सबै भोकको सुरमा स्वादका साथ बिहानको खाना खाइरहेका थिए तर आफू भने चिन्ताले छट्पटाइरहेको थिएँ । बाहिर छट्पटाएर घुमिरहेको देखेपछि कति छिटो खाइसक्नुभयो भनेर ड्राइभरले सोधे । भोलि बिहान चार बजेको रेल समात्नु छ, साढे नौ बजे भारतीय पोस्टले गेट बन्द गरिदिन्छ । आज रातिसम्म कसै गरेर गोरखपुर पुग्न नसके सारा टिकट खेर जान्छ, मैले एकसासमा मनको बह पोखेँ । यो कुरो सुनेपछि ड्राइभर पनि गम्भीर भए । साढे नौभन्दा पहिले सुनौली पुर्‍याउने प्रयास गर्छु भनेर उनले आश्वासन दिए । मैले लामो सास फेरेँ । नभन्दै तुरुन्त हर्न बजाएर ड्राइभरले सबैलाई हतारो लगाइदिए ।

नौ बजेर दस मिनेट जाँदा बस सुनौली पुग्यो । ईश्वरसित पुकार गरेको काम लाग्यो । तत्काल एउटा गाडी बन्दबस्त गरेर हामी हुइँकियौँ । गोरखपुर पुग्दा झण्डै एक बजिसकेको थियो । अब तीन घण्टाका लागि कता जाने ? स्टेसनको प्रतीक्षालयमै लम्पसार परियो । ठीक चार बजे रेल द्वारिकाका लागि प्रस्थान गर्‍यो । पर्सिपल्ट करिब १० बजेतिर द्वारिका पुगियो । पुग्ने बित्तिकै कोठामा कुम्लो कुटुरो राखेर हामी द्वारिकातिर लाग्यौँ । नाउमा चढेर समुद्रपारि जानुपर्नेरहेछ । त्यहाँको दर्शन सिध्याएर साँझ द्वारिकाधीशको दर्शन पनि भ्याइयो । भोलिपल्ट बिहान गोमतीमा आचमन गरेर बिदाई दर्शन पनि गरियो । गोमतीको पानी मात्र होइन, धाराको पानी पनि नुनिलो रहेछ । मनमाड जानका लागि हामीले फेरि मुम्बइ फर्केर अर्को रेल समात्नु थियो । ठूलो सहरमा धेरै स्टेसन हुँदारहेछन् । आफूले कुन स्टेसनमा उत्रिएर अर्को रेल समात्ने हो भन्ने ख्याल राख्नु पर्नेरहेछ । मनमाडबाट ट्याक्सी लिएर हामी सिधै धर्मशालामा पुग्यौँ । सिरडीको त्यो धर्मशालामा सजिलै बस्ने कोठा पाइन्छ भन्ने सुनेका थियौँ । त्यही विश्वासमा ट्याक्सीलाई पनि बिदा गरियो तर भित्र पसेपछि होसहवास् उड्यो । कोठाको लागि फाराम भरेर दुईदिनदेखि चिसो पटाङ्गिनीमा पसारो परेका मान्छेको हालत देखेपछि वस्तुस्थिति छर्लङ्ग भयो । सिरडीबाबाको जयन्तीको समय परेकोले बेपत्ता भीड रहेछ । रातिको ९ बजिसकेको थियो । ट्याम्पो लिएर जताततै खोज्दै हिँडियो । बल्लतल्ल मन्दिरकै छेउमा साढे चार सयमा एकरातका लागि कोठा पाइयो । अर्को दिन बस्ने भए भाडा बढाउनुपर्ने । हरेक दिन यात्रुको चापअनुसार भाडा दर बढ्दै गएकोले एकरातका लागि मात्र कोठा दिने प्रचलन रहेछ । जतिसक्दो छिटो दर्शन गरेर भाग्नुपर्ने स्थिति आयो । भोलिपल्ट सबेरै दर्शनको काम सिध्याइयो । राम्रो प्रबन्ध भएकोले छिटोछिटै दर्शन हुँदोरहेछ । खाना खाएर ट्रयाभेल एजेन्टमार्फत ट्याक्सी लिएर हामी नासिकतिर लाग्यौँ । बाटामा पर्ने मुक्तिधाम, त्रैम्बेकेश्वर, पञ्चवटी आदि स्थलहरूको दर्शन गराएर ट्याक्सीले हामीलाई नासिकमा छाडिदियो । नासिक हाम्रो कार्यक्रममा थिएन तर चिठ्ठा परेको जस्तै भयो । पहाडैपहाडले घेरिएको नासिक अत्यन्त रमणीय ठाउँ रहेछ । सहर पनि निकै व्यवस्थित र ठूलो । कलाकारले खोपेर बनाएजस्ता पहाडहरू । कुनै मानव आकृति जस्तो, कुनै देवदेवीजस्ता । कुनै शिवलिङ्गकै आकारका पहाडहरू देख्दा हामी चकित भयौँ । त्यसमाथि घुम्न र किनमेल गर्न पाएपछि आइमाईहरू त दङ्ग पर्ने नै भए । पशुपतिको जात्रा केको व्यापार भनेजस्तो भयो । यसपछि तिरूपति जाने कार्यक्रम भएकोले फेरि मुम्बईको छत्रपति शिवाजी स्टेसनबाट अर्को रेल समात्नुपर्ने थियो तर मुम्बइको प्रसिद्ध सिद्धिविनायक मन्दिरको पनि दर्शन गर्ने उद्देश्यले हामी एक स्टेशन पहिले दादरमै उत्रियौँ । त्यहाँबाट ट्याक्सी लिएर शिवाजी स्टेसनको रेल समातेर, निरूपति बालाजीतिर लागियो । त्यहाँ पनि धोखा भयो । बस्ने ठाउँमाथि नै पाहिएला भनेर सिधै गाडी लिएर मन्दिरमा पुगियो । नवरात्रिको बेला त्यसमा पनि शनिबार-आइतबारको बिदाको दिन । सामान्यतया दिनको लाखौँ मान्छेको ओहोरदोहोर हुने ठाउँ आखिर माथि बस्ने ठाउँ नपाएपछि फेरि तिरुमलम स्टेसनको वरिपरि कोठा खोज्न थाल्यौँ । बल्लतल्ल एउटा कोठा पाइयो । हामीसित दुई दिनको समय भएकोले दर्शन त पाइहालिएला भन्नेमा थियौँ । श्रीनिवास भन्ने ठाउँमा सबेरै गएर टिकट लिनपर्छ भन्ने सूचना पाएपछि हामी पाँच बजे नै उठेर लाम लाग्यौँ तर त्यहाँ त आधा रातदेखि लाम लाग्दा रहेछन् । नौ बजे बल्ल टिकट काउन्टर खुल्यो । खुल्नु के थियो भागदौड भइहाल्यो । लाम न साम, जो दौडिन सक्यो उही अगाडि । श्रीमतीको खुट्टाको समस्याको कारण हामी दौड्ने स्थितिमा थिएनौँ । तैपनि घच्चमघच्चा गर्दै हामी पनि उभिन पुग्यौँ तर के गर्नु आˆनो पालो आउँदा नआउँदै टिकट सकिएको सूचना टाँसियो । हिजोआज बस्ने ठाउँको व्यवस्था र दर्शनको टिकटसमेत इन्टरनेटबाट अनलाइन बुकिङ हुँदोरहेछ । हामीले पहिलेकै जस्तो सम्भिmयौँ र दुःख पाइयो । एक हजार रुपियाँको दर्शन टिकटमाथि मन्दिरमा पाउन सकिन्छ भनेर कसैले सुनाइदिएको भरमा हामी फेरि माथि मन्दिरमै पुग्यौँ तर तीन हजारकै भए पनि टिकट लिन्छौँभन्दा पनि पाउन सकिएन । कुनै उपाय नलागेपछि मन्दिरको ढोकालाई बाहिरबाटै ढोगेर फर्किने निधो भयो । पहिले हामी लोग्नेमान्छे ढोगेर फर्किने निधो भयो । पहिले हामी लोग्नेमान्छे ढोगेर फर्कियौँ । त्यसपछि महिलाहरू गए । धेरैबेर कुर्दा पनि महिलाहरू नफर्केपछि सोधखोज गरियो । ताल्चा लागेको फलामे ढोका खुलिहाल्छ कि भनेर उनीहरू पनि अरूहरूजस्तै ढोकामा थुपि्रएर बसेका रहेछन् । यसरी ढोका खुल्ने भए मान्छे किन टिकटमा पैसा खर्च गर्थे अन्त आश नगर ढोगेर र्फक भनेर उनीहरूलाई सम्झायौँ । यसैबीच घनघोर पानी पर्‍यो । उनीहरू तैपनि फर्किएनन् । निथु्रक्क भिज्ने नै भए । झण्डै एक घण्टापछि सिउसिउ गर्दै प्रसन्न मुद्रामा उनीहरू फर्किएछ । पछि थाहा भयो मैले र्फकन भनेको केहीबेर पछि उनीहरू निरास भएर बाहिर निस्किए छन् तर कताबाट हो एउटी आइमाई आएर मेरी श्रीमतीलाई तैँले दर्शन पाउँछेस् जा ढोकामै बस भनेर फर्काइछे । पन्ध्र बीस मिनेट कुर्दा पनि ढोका खुल्ने लक्षण नदेखेपछि उनीहरू फेरि बाहिर निस्केछन् तर फेरि त्यही आइमाई आएर किन निस्केकी दर्शन पाउछेस् जा बस् भनेर हकारिछे । अब न ढोका खुल्छ न त्यो आइमाईले निस्कन दिन्छे । निस्कौँ भने कहाँबाट आएर हप्काई हाल्छे । अब केहीबेर ढोका कुर्नै पर्‍यो भनेर उनीहरू त्यही भीडमा उभिएछन् । नभन्दै एकाएक के कामले हो ढोका खुलेछ । त्यही मौका छोपेर हाम्रा आइमाईहरू पनि भित्र पसेछन् । कहाँ तीन हजार भा.रु. तिर्न खोज्दा पनि टिकट नपाएको Û उनीहरूले त सित्तैमा दर्शन गरेर फर्किएछन् । अब यसलाई चमत्कार भन्ने कि संयोग Û पछि उनीहरूले त्यो आइमाईलाई खोजे तर ऊ कतै पनि थिइनँ । चमत्कार त अर्को पनि भयो । पानीमा निथु्रक्क भिजेपछि श्रीमतीको कम्मरको पोको पनि फुकाएर सुकाउनुपर्ने भयो । नेपाल बैङ्कमा साटेर लगेको भारतीय रुपियाँमध्ये एक सयको एउटा नोट नक्कली रहेछ त्यसको रङ गएर अरू नोटमा पनि सरेछ । एक सय रुपियाँ खेर गए पनि समयमै नक्कली नोट पत्ता लागेकोले कुनै बखेडामा पर्न परेन । कुन ता नेपाललाई अवैध कारोबारको ट्रान्जिट केन्द्र भनेर भारतीयहरू आरोप लगाउँछन् । त्यसमा पनि नक्कली नोट चलाएको भनेर पक्रिएको भए अर्को फजितीमा परिन्थ्यो । यसका लागि पनि ईश्वरलाई धन्यवाद भन्यौँ हामीले तर खानाले चाहिँ निकै समस्या पार्दोरहेछ । डोसा, इडली खाँदाखाँदा वाक्कै भइयो । एकचोटि चाउचाउ खान पर्‍यो भनेर प्रयोग गरेको झण्डै सिल्टीमुर खाएको । नरिवलको तेलमा तरतर पारेर बनाएको चाउमिनले त फुडप्वाइजनिङ नै भयो । बल्लतल्ल औषधि खाएर थामथुम गरियो । रेलबाट आउँदा हरियो तरकारी, सागपात देखिन्थ्यो तर कुनै पनि होटेल, रेस्टुरेन्टमा हरियो सागपातको परिकार पाइएन । एक जनाले सुनाउँथ्यो- आन्ध्रका मान्छेहरूले खाने भनेको डोसा, इडली र साम्बर हो । हरियो सागपात, तरकारी यिनीहरू अन्य राज्यमा पठाउँछन् । आन्ध्रका मान्छेको पि्रय भनेको रक्सी र सिनेमा हो । आन्ध्रका अधिकांश नेता, अभिनेता हुन्छन् । उसले भनेको कतिसम्म सत्य हो भन्न सकिन्न तर साइबाबा वाइन भनेर टाङ्गएिको साइनबोर्ड देखेपछि केही हदसम्म हो कि जस्तो पनि लाग्यो ।

तिरूपतिपछि हामी जगन्नाथपुरी लाग्यौँ । पाण्डाहरूको हानथाप र जोरजुलुम धेरै ठाउँमा देखेकोले के गर्ने होला भनेर सोचिरहेको थिएँ तर रेलमै यात्रा गर्दागर्दै एक जना अत्यन्त सहृदयी व्यक्ति फेलापरे । राजकुमार महन्ती उनी इण्डियन एक्सप्रेसका पुरी संवाददाता रहेछन् । बौद्धिक चिन्तक र लेखक । उनीसित मित्रता भयो । उनले पर्यटन विभागको गेस्ट हाउस पन्थ निवासमा बस्ने सल्लाह दिए । समुद्रको किनारमा अवस्थित पन्थ निवास केही महँगो भए पनि सुविधाजनक लाग्यो । सबभन्दा त खानाको समस्याले पिरोलिरहेको स्थितिमा अडरअनुसारको खाना खान पाइयो । पर्यटन विभागको बस बिगि्रएकोले वरिपरि दृश्यावलोकनका लागि समस्या परिरहेको रहेछ । राजकुमार महन्तीजीले एकछिनको चिनजानी र मित्रताको भरमा आˆनो गाडी पठाइदिए । उनकै गाडीमा घुमघाम गरेर सूर्य मन्दिरको दर्शन गरियो । महन्तीजी अहिले एउटा किताब लेखिरहेका छन् । विषयवस्तु निकै चाखलाग्दो र नौलो छ । उनको विचारमा हाम्रा धार्मिक ग्रन्थहरूलाई ईश्वरको लीला भनेर धार्मिक दृष्टिले मात्र हेर्ने र व्याख्या गर्ने गरिन्छ । चाहे औषधि उपचारको कुरा होस्, यन्त्र उपकरण या शस्त्रअस्त्रको । यसो गर्नुहुन्छ, यसो गर्नु हुँदैन भनेर कतिपय विषयमा प्रकाश पारिएको छ । तन्त्रमन्त्रका प्रभावबारे चर्चा गरिएको छ तर यो सब विषयमा ईश्वरको शक्ति भनेर ग्रहण गर्ने परम्परा रहिआएको छ । यिनमा भएको वैज्ञानिकता र क्रिया-प्रतिक्रियाबारे अध्ययन अनुसन्धान हुन सकेको छैन । यसै विषयमा ध्यान आकषिर्त गराउने उद्देश्यले आˆना तर्क, व्याख्या र उदाहरणसहित धार्मिक ग्रन्थहरूमा अन्तर्निहीत वैज्ञानिकताबारे पुस्तक लेखिरहेका रहेछन् । उनीसितको मेरो अन्तक्रिर्या पनि तीर्थयात्राको अर्को उपलब्धि भएको छ । पुरीको यात्रापछि हामी फर्किने क्रममा कलकत्ता हुँदै गोरखपुरतिर लाग्यौँ । समग्रमा भन्ने हो भने हाम्रो यसपालिको तीर्थयात्रा सुखद र रमाइलो रहृयो तर जाँदा जसरी दुःख पाइएको थियो र्फकंदा पनि आˆनो देशमा सास्ती खप्नु पर्‍यो । भैरहवाबाट गाडी लिएर ६/७ बजे साँझसम्ममा घर पुगेर तातो भात खाने अभिलासा फेरि पनि पूरा हुन सकेन । मलेखु काटेर अघि बढ्दा नबढ्दै गाडी रोकियो । युथफोर्स र वाइसियलबीचको मूठभेडको कारण बाटो अवरुद्ध भएको रहेछ । यो पनि अनौठो छ । आजभोलि जहाँ जे भए पनि त्यसको मार सडक र त्यसमा यात्रा गर्ने सर्वसाधारणले खप्नुपर्छ । दुई राजनीतिक शक्तिको झगडाको सजाय पनि सडकमा हिँड्नेहरूले भोग्नुपर्छ । कति अशक्त बिरामीहरू हुन्छन् तर यसको कसैलाई मतलब छैन । झण्डै ६/७ घण्टापछि गाडी खुल्यो । चिसो सडकमा भोकै रात बिताउनुपर्‍यो । घरपुग्दा बिहानको ३ बजेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *