Skip to content

जतिसुकै बिपत्तिले देश छुँदा पनि


जतिसुकै बिपत्तिले देश छुँदा पनि
म हारेको छैन मुटु टुक्रा हुँदा पनि

छाती मेरो पशुपति शिर सगरमाथा
साथ छ ईश्वर, बुद्ध, येशू, खुदा पनि

न पुर्खाले हारेका थे बरू टारेका थे
सम्झाउँथे आकाश र धर्ती रूँदा पनि

ए! भूकम्प यो देशको आफ्नै अस्तित्व छ
यो मेटिन्न तैँले जति मेटाउँदा पनि

1 thought on “जतिसुकै बिपत्तिले देश छुँदा पनि”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *