Skip to content

कि कसो ए माइला बाउ


उ बेलाको कुरा बेग्लै हो
उ बेला अर्कै थियाे भाउ
उ बेला के के मात्र गरिएन हाउ माइला बाउ ?
जाने बुजेको सबै थोक गरियो
कहिले धरापमा परियो
कहिले बारुदमा परियो
मर्ने ता अरु नै थिए
आफूले ता बाँच्नु नै थियो बाँच्ने काम गरियोे
यसैले रातारात नयाँ नयाँ बंकरमा सरियो ।
बार वर्ष जंगल बस्ता बस्ता
मन पनि जंगलबाट भरियो ।
जंगलमा बस्नुको पनि एक सीमा हुन्छ
हो कि होइन माउला बाउ
मैले मात्र जंगलमा कति बस्नु
बंकरमा मात्रै कति पस्नु
के म कुनै फुस्रो जोगी हुँ र
मैले मात्र खरानी घस्नु ?
यसैले माइला बाउ
मैले बेलैमा जंगल छाडें
अबलाई यतै किल्ला गाढें
माइला बाउ तिमी पनि यतै आऊ
अहिलेसम्मलाई हाम्रै छ भाउ
हाम्रो भाउ गिराउने कसको बाउ ??
कि कसो ए माइला बाउ ?

4 thoughts on “कि कसो ए माइला बाउ”

  1. सकै‌ फोटो अाउँथ्यो के भएछ यस
    रचनाका साथ सधै‌ फोटो पनि अाउँथ्यो के भएछ यस रचनाका साथ कविकाे फोटो रहेनछ । फोटाे कता गएछ । यस्तै उस्तै भएछ । फोटाे मुलेकाे के भाउ कि कसाे ए माइला बाउ ।

  2. सुन्दर।
    जङ्गलमा मात्र कति पो

    सुन्दर।
    जङ्गलमा मात्र कति पो बस्ने हउ माइला बाउ
    हाम्रो त राम्रो चल्छ यता तिमी पनि यतै अाउ।

Leave a Reply to एकदेव Cancel reply

Your email address will not be published. Required fields are marked *