Skip to content

यहाँ मपाइँत्व बन्नेहरू


यहाँ मपाइँत्व बन्नेहरूको जमात छ
अर्कालाई निच भन्नेहरूको जमात छ

यसरी कति चल्छ र खै समाज यहा
मात्र स्वार्थमा चल्नेहरूको जमात छ

अर्काको प्रगति र उन्नति देख्दा खेरी
डाहै डाहामा ढल्नेहरूको जमात छ

आफ्नो अनुकुलमा रम्ने तर अर्काको
भलो देख्दै जल्नेहरूको जमात छ

साँचो कुराभन्दा झुटको खेती गर्दै
कुरै कुराले छल्नेहरूको जमात छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *