मस्की मस्की किन देखाउछौ दारा
थाहै छ बानी किन देखाउछौ पारा
सक्छौ दिल खोली मुटु चिरेर देखाऊ
अंग अंग किन तिमी देखाउछौ सारा
साचो पिरतीमा त जिउँछ मर्छ धर्तीमै
आकाशमा जून किन देखाउछौ तारा
सक्षम युवायुवती त परिश्रम गर्छन
बकम्फुसे बनेर किन देखाउछौ नारा
बोल्दै तिमी छाडा छाडा बोली शहरमा
खोला नजिक प्यासी देखाउछौ धारा
लाक्पा शेर्पा समर्पित
सुनधारा काठमान्डौ
कार्य क्षेत्र धनगडी कैलाली
