गुलाबी ओठको लाली बैमानी
कानैमा झुम्काना बाली बैमानी
तिम्रै हुँ राजा भन्दै सताउने
कहिले रुवाउने कैले हसाउने
धेरै माया थोरै जाली बैमानी
गुलाबी ओठको लाली बैमानी
तीन बित्ताको कपडा लाई तलमाथि
शहरमा हिडने काली बैमानी
सबैको गिद्दे नजर हुने तिमी तिरै
हासेर दिने त्यो गाली बैमानी
