जिन्दगी के हो र बगी जाने खोला नै हो
आफ्नो पराई के हो र छाडी जाने चोला नै हो

कहिले आशु कहिले हाँसो जिन्दगीको रीत रै छ
आँशु लुकाई मुस्कान छर्नु जिन्दगीको प्रीत भै छ
दुःख सुःख जिन्दगीका दुई गोरेटा रैछ
सुख त आउँछ जान्छ दुख नै साथी भैछ

आफनो पराई सबै उस्तै उस्तै हुन्छन है
दुःखमा पहाड पनि रुन्छ भन्छन है
पराईको त के कुरा गर्नु
आफन्तले चोट दिदा झनै मन रुन्छ है

नवीन कुमार लामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *