Skip to content

प्रकृति र तिमी

AshmaKhanal


हेर यो आकाश तिम्रै लागि हाँसिरहेछ
हेर यो पवन तिम्रै निम्ति नाचिरहेछ
सुन्दर रविमा देखिएको छविलाई त हेर
केबल तिम्रै साथमा बाँचिरहेछ
केबल तिम्रै साथमा बाँचिरहेछ

प्रकृतिले आफ्नो सौन्दर्य तिमीसँगै साटिरहेछ
त्यो सुन्दर पुष्पलाई हेर केबल मुस्कुराउन आटिँरहेछ
कत्ती बन्छौ तुच्छ कपटि र अहंकारी
यो धर्तीले तिम्रो लागि सुन्दर सपनाको डोरी बाटिरहेछ
सुन्दर सपनाको डोरी बाटिरहेछ

सत्यतामा डुबेर त हेर झुटले आफ्नै शिर काटिरहेछ
ज्ञानको कोठामा पसेर त हेर अज्ञानले ज्ञानको बत्ती कातिरहेछ
घमण्डलाई त्यागि असल मानव बनेर त हेर
सिङ्गो संसार तिम्लाई कुरेर हाँसिरहेछ
सिङ्गो संसार तिम्लाई कुरेर हाँसिरहेछ

2 thoughts on “प्रकृति र तिमी”

  1. हामी सबैले ज्ञानरूपी
    हामी सबैले ज्ञानरूपी तलबारद्वारा आआफ्नो मनमा रहेको अज्ञानजनित संशयलाई काटेर समत्वरूप कर्मयोगमा रहनुपर्छ

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *