Skip to content

वर्षाको वितण्डा


कतै ठूलै वर्षा धनजन बगाई तल लग्यो,
कतै पैरो आई जन धन बगाई तल लग्यो ।
कतै राम्रो माटो सव बगर मा नै दरिन गयो,
कतै घर्बारी नै जलथल भएरै तल पुग्यो।

कतै विद्यार्थी नै जलसित बगेरै तल गए,
कतै पैरोले नै शिशु र जननी नै पुरि सके।
सदै वर्षै पिच्छे घटित घटना का समय मा,
बजेटै खै भन्दै चुप छ सरकारै सदनमा।

शिखरिणी छन्दम , आषाढ २०, २०७५ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *