आज प्रेम जालमा कमाल भो
अज्ञान यो झालमा कमाल भो
नचिने को हो चिनेपछि माया
नजर जुध्ने काममा कमाल भो
उनको सामु जुन-तारा फिका
गीत गाउँदा तालमा कमाल भो
नागबेली चाल छिनेको कम्मर
भुइँछिने ती बालमा कमाल भो
मलाई मनपर्यो लजाउने बानी
घुम्टोसरी पर्खालमा कमाल भो
लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ, मेची
हाल – काठमान्डौ नेपाल
