Skip to content

हो म तिमीमै सारा संसार देख्छु


हो म तिमीमै, सारा संसार देख्छु
त्यो मिठो आभास, प्यार देख्छु

हुनेछौ सधैं खुशी, रमाउने छौ धेरै
पाउने तिमी भित्रै, आधार देख्छु

तिमीमै छु पूर्ण, अहो कस्तो सपना
पुरा होलान सायद, हजार देख्छु

सदै लाग्छ फिक्का, छ यो जमाना
सबै सुन्य यहाँ, तिमी अपार देख्छु

कमै होलान तिमीमा, तुलना गर्नेहरू
असल गुणले भरिएको, सस्कार देख्छु

रञ्जना न्यौपाने
चरीकोट, दोलखा

1 thought on “हो म तिमीमै सारा संसार देख्छु”

Leave a Reply to Makar Biyas Cancel reply

Your email address will not be published. Required fields are marked *