देश मेरै त हो नि


जुन प्रदेश भए पनि देश मेरै त हो नि
टोपी लगाऊ या धोती भेष मेरै त हो नि

फुटाउनेको के लाग्छ र हामी नफुटेपछि,
मधेश–पहाड जहाँ लागे नि ठेस मेरै त हो नि

गर्व गरौं विविधितामा एकता छ नेपालमा,
बहुल भाषा धर्मरुपी लेस मेरै त हो नि

पूर्व–पश्चिम, हिमाल–पहाड जहाँ बसे नि म,
भाइचाराको मैदानको रेस मेरै त हो नि

अवधी, थारु, मगर, खस जे बोले नि ‘तुलाधर’
“नेपाली सब एकै हौं” को सन्देश मेरै त हो नि
खजुराखुर्द गाविस वडा न १ जुगुनभरिया, बाँके

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *