मांगलिक शुभकामना


चौंहत्तर साल आज, पहिलो दिन हो है ।
शुख शान्ति र सम्रिद्धि , ब्रिद्धि होस भनौं न है ।

शुभै हेरौँ शुभै बोलौँ ,शुभै सुनौँ सदै भरी ।
सत्य नै बोलौ नबोलौँ ,असत्य त कसैगरी ।

प्रेक्षा गरौं नछाडी नि ,शिर पाउ शरीरको ।
इन्द्रिय पछि नलागौँ , गरौं यात्रा शरीरको ।

नाका_नाकका छिद्र, दक्षिणी वायु पावक ।
वाम वायु चिसो दुवै, मिलाई गरौँ कुम्भक ।

वैदिक धर्ममा हाम्रो, बेथिति धेर नै भयो ।
निरपेक्ष हुँदा धर्म ,गाईको वंश नै गयो ।

सुरा किन्न असूरले, बेचे हाम्रो धर्मै पनि ।
सुराकै नशामा डुबी, गर्नु गर्छन् अझै पनि !

हिंसाले अहिंसालाई, भाग दिनु पर्ने गरे।
सनातन धर्म कर्म,हराउँदै गयो हरे !

‘जीवेम बरष शतम् ,पश्येम शरद शतम् ।
श्रीणुयाम शरद शतम्’ भन्ने हाम्रो मन्त्रै गतम् ।

हिन्दु नेपाल राज्यै हो , हिन्दु नै रहने छ है ।
मनले मात्र बोल्नेले , मुखले पनि बोल है ।

पर्दैन वर्ष नै क़ुर्न , दिन त शुभकामना ।
जहिले जस्लाई दिन, हुन्छ है शुभकामना ।

चौहत्तर साल हाम्रो ,शुख शान्ति सम्रिद्धिको ।
मांगलिक् शुभकामना, अर्पण पद्मराजको ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *