Skip to content


परिश्रम् बगाएँ रमें कन्दरामा ।
म बाँचे‌ म नाचें यहाँकै धरामा ।।
फुलेका गुराँसै पखेरा र पाखा ।
सधैं शान भिन्नै हिमाली छ माथा ।।

सधैं जून फुल्छन् रमाएर सारा ।
यही घाम पानी यही‌का सितारा ।।
हिमाली छ डाँफे रमाएर नाच्ने ।
चखेवा तराई तिरै प्रीत गास्ने ।।

मलाई छ माया पुनर्ताजगीकाे ।
उजेला पखेरा र वाला सखीकाे।।
भुली बाल्यकाल्मा जडेका पियार
नपाराैं न अामा भुलेरै निराशा ।।

सुनाैलाे विहानी उदाएर हाँस्ने ।
प्रभाती बगैंचा यहीँ फूल गाँस्ने।।
यही प्राण मेरो यही मान मेरो ।
चिनारी छ सारा यही शान मेरो ।।

म जन्मेँ यहीँ नै रमाएर बाँच्छु ।
हँसाएर आफ्नै धरामा र नाच्छु ।।
बिताएँछु बाला चढाएँ जवानी ।
म लेखाै यहाँ काव्यमा त्यो कहानी ।।

1 thought on “कविता”

  1. निकै राम्रो कविता । सारै
    निकै राम्रो कविता । सारै सुन्दर भाव र देशभक्तिको रचना । कविलाइ बधाइ ।

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *