यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टचारी हुन्छ
यस्तो लाग्छ भावनाहरू किन्ने पनि ब्यपारी हुन्छ
हुदैन बरु विचारले बौदिक विद्वान होला, भलाद्मी हुदैन (२)
हुँदै हुदैन भावले मान्छे, कि पागल कि भिखारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टचारी हुन्छ
यस्तो लाग्छ भावनाहरू किन्ने पनि ब्यपारी हुन्छ
तिमी यौटा फोहोरको थुप्रालाई पनि पैसा चढाइदेऊ (२)
जिन्दगीभर ऊ आफै बेस्या-सौचालयको पुजारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टचारी हुन्छ
यस्तो लाग्छ भावनाहरू किन्ने पनि ब्यपारी हुन्छ
ओ ! गल्लीका कुत्ता झै चोकका केटा हो धेरै नहेर हेर्दै नहेर (२)
कानून यस्तो छ कि केटीले भन्नसाथ व्यक्ति बलत्कारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू अनि भ्रष्टचारी हुन्छ
यस्तो लाग्छ कि भावनाहरू किन्नेबेच्ने पनि ब्यपारी हुन्छ
त्यो मुसोले सिधै किसानको रगत चुस्नेछ चुसिरहनेछ हेर! (२)
जब धान फल्ने मैदानहरुमा सर्प साकाहारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टचारी हुन्छ
यस्तो लाग्छ भावनाहरू किन्ने पनि ब्यपारी हुन्छ !!
@मोरङ
युद्धको प्रथम चरण भनेकै पूर्वाग्रह वा अपेक्षा हो भने अन्तिम आवाज जहिले पनि आजादी र शान्तिकै लागि नै निस्कने गर्दछ ।