Skip to content

मेरो आधा संसारलाई


मेरो आधा संसारलाई सजाउछु भनेकी थ्यौ
हजूरकै छातीभित्र अटाउछु भनेकी थ्यौ ।

अधुरो छ कथा मेरो अँध्यारो छ घर पनि
मायाका दीपहरू जलाउछु भनेकी थ्यौ ।

वाचा मिठो गरेकी थ्यौ, सधैं सधैं साथ दिने
वहकिन खोजे भने सम्झाउछु भनेकी थ्यौ ।

छाया जस्तै हासो खुसी, कति दुखी यो समय
तर दुःख पर्दा पनि रमाउछु भनेकी थ्यौ ।

उस्तै छौ कि वद्लियौ, सम्झन्छौ कि बिर्सीसक्यौ?
कृसुलाई सधैं आफ्नो बनाउछु भनेकी थ्यौ ।

5 thoughts on “मेरो आधा संसारलाई”

  1. उस्तै छिन् ति उनी तिम्री,
    उस्तै छिन् ति उनी तिम्री, पर्खिएर बसिराछिन ,
    कहिले आउँला भनी तिम्लाई ,दियो बाली कुरिराछिन ,

    भनेकी थिन जे जती ति, सबै तिन्ले सम्झी राछिन ,
    तिमी टाढा भए पनि, भावना मा साचिराछिन ,

    कथा हरु अधुरो ति ,नबनाउ तिम्ले पनि ,
    सिंगो किताब त्यो बन्ला, अनुभब सोचिराछिन ।

    कृष्ण जि ,गजल साह्रै राम्रो लाग्यो, मैले पनि जानी नजानी उत्तर उनिको लेखिदिएको है त।
    suphi

    1. अहो सूफी जी,
      तपाईको यो

      अहो सूफी जी,

      तपाईको यो काव्यिक प्रवाहलाइ सलाम !
      म प्राय प्रेम र सौन्दर्यचेतनामा कमै लेख्छु रचना हरु
      र यो ग़ज़ल पनि धेरै लामो समय लगाएर मात्र लेखेको

      मेरो कल्पनाको आकृतिसंग परिचित भएजस्तै गरि
      तपाइले त एकै छिनमा यती सुन्दर काव्यिक प्रतिक्रया पो दिनु भयो !
      मेरो भन्दा राम्रो …..

      तपाईका कलमहरुलाइ शुभकामना छ ।

  2. off topic:
    I have included

    off topic:

    I have included you to hamrocircle.

    Please feel free to visit and comment.

  3. अधुरो छ कथा मेरो अँध्यारो छ
    अधुरो छ कथा मेरो अँध्यारो छ घरपनि
    मायाका दीपहरु जलाउछु भनेकी थ्यौ ।

    वाचा मिठो गरेकी थ्यौ, सधै सधै साथ दिने
    वहकिन खोजे भने सम्झाउछु भनेकी थ्यौ ।

    kya lekhnu bho !
    mitho !

  4. काफिया मिल्याे र कृष्णजी ।
    काफिया मिल्याे र कृष्णजी ।

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *