रामनाथ अधिकारी सँगीको छोटो परिचय


प्रिचयः—माता रमादेवी र पिता नारयणदत्त अकिारीका पुत्ररत्न रामनाथ अधिकारी सँगीसँग तनहूँ लेखक संघले भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी दमौलीमा सम्पर्क गरायो। यो सम्पर्कमा उमेरले समकालीन लाग्ने रामनाथजीसँग हात मिलाउँदै परिचय मागे। उहाँले आफ्नो परिचयमा २००५ साल माघ ०८ गते शुक्रबारको दिन गोर्जे गहिरा थोक कास्कीमा जन्मेको धारणा राख्दै मेरो परिचयको लागि कागज र कलम ट्क्र्याउँदै आफ्नो कृति विन्ध्यावासिनी माहात्म्य पूजाविधि आरती भजन भएको सिर्जना दिनु भयो।

रामनाथजीको जीवनी केलाउँदा उहाँ अंग्रेजी एव म ज्योतिषशास्त्रका एक प्रखर विद्वान व्यक्ति हुनुहुन्छ। उहाँको शैक्षिक योग्यता केलाउँदा एस.एल.सी./पोष्ट ग्रेजुयटको साथै ज्योतिष डिप्लोामा समेत हासिल गर्नुभएको छ। साहित्य लेखन, ज्योतिष पत्रकार/ज्योतिष भविष्यवक्ताको साथ साथै कानून व्यवसायीको रूपमा सेवा पुर्याउँदै आउनु भएकाो छ। रामनाथ अधिकारी माान्छे एक भए पनि बहुप्रतिभाका धनी हुनुहुन्छ उहाँको जीवन विवरणले उहाँ एक महाकावि, लेखक, कानून व्यवसायी, पत्रकार, ज्योतिष, उपन्यासकारको साथ साथै धर्म र समाज सेवामा निरन्तर लाग्ने व्यक्तिको रूपमा प्रष्ट पार्दछ।

छोटो बसाइमै उहाँको बोलिको प्रष्टता, सरलता र मीठासले मलाई प्रभावित पारो। म उहाँ जस्तो एउटा महाकाव्यकार एव म विद्वानको सम्पर्कले कृतज्ञ भएँ। उहाँप्रति आभार व्यक्तगर्दै लेखिएको यस लेखमा उहाँका कृतिहरूको विवरण, साहित्यिक संघसंस्थाहरूमा आवद्धत र उहाँलाई विभिन्न संस्थाले गरेका अभिनन्दन र सम्मानको छोटो विवरण पेश गर्ने अनुमति चाहाान्छु।

कृति प्रकाशन — कृत प्रकाशनको हिसावले हेर्दा रामनाथजी धेरै धनी व्यक्ति हुनुहुन्छ। उहाँको प्रथम कृति भिडन्त चप्पु हो र यो २०६१मा बजारमा आइसकेको थियो। त्यसपछि जनआवाज (२०६१), छट्पटिएका आत्माहरू (२०६२), श्रीस्वस्थानी महाकाव्य (२०६४), छेदलाल शोककाव्य, (२०६५), मनिराज महाकाव्य (२०६५), शहीद जनसेनाकी पत्नी (२०६५), प्यारो गोर्जे (२०६६), धर्मसभा यात्रा (२०६७), ज्योतिष विज्ञान कवितासङ्ग्रह (२०६७), माधव महाकाव्य (२०६८), धर्मसभा कवितासङ्ग्रह (२०६८), धर्मसभा जागृति भजन (२०७०), धार्मिक पूजा विधान (२०७१), श्रीपति महाकाव्य (२०७१), पूजा विधान (२०७१),पुट्टपर्ति यात्रा (२०७२), श्रीस्वस्थानी महाकाव्य संसोधन सहित (२०७३), नेपाली भजनसङ्गम (२०७३), हेरम्ब महाकाव्य (२०७४) र विन्ध्यवासिनी महात्म्य (२०७४) उहाँका कृति बmमस, निक्लदै गए ।

उहाँका प्रकाशोन्मुख कृतिहरू पनि यसप्रकाार छन्– देवराज महाकाव्य (२०६५), बलराम महाकाव्य (२०६६), मनकामना महाकाव्य (२०६७), सयौं लासको चिहान उपन्यास (२०६९) मुक्तिनाथ महाकाव्य (२०७०) जीउँदो मान्छे उपन्यास (२०७०) भगवती महाकाव्य (२०७१), महादेव महाकाव्य (२०७२), कामराज महहाकाव्य (२०७२), स्वयम पुरोहित (२०७३), अकला महाकाव्य (२७४) र राम कहानी (२०७४)। आशा छ यी पाण्डुलिपीहरू पनि छिटो नै प्रकाशित हुनेछन्। प्रकाशित र पाण्डुलिपीको रूपमा देखिएका महाकाव्यको गणना गर्दा राममनाथजी नै सबैभन्दा बढ्ता महाकाव्य लेखनकर्ता हुनुहुन्छ जस्तो लाग्छ। यति धेरै महाकाव्य कसैले लेखेको मेरो जानकारीमा आएको छैन ।

विभिन्न संघ संस्थाहरूमा आवद्धता– राम नाथको जीवनी साहित्य सेवा र समाज सेवामा चुर्लुम्म डुवेको देखिन्छ। मिति तोकेर नै यहाँ लेख्न नसके पनि कैलाली, फूलबारी–३ को वडा अध्यक्ष पदमा आसीन भएर जनसेवा पुर्याउनु भएको थियो भने कास्की, माझठाना गा.वि.सको सचिव. धान्दु्रक प्रा.वी.को प्रधानाध्यापक र हिमालय उच्च मा.वि. गोर्जे कास्कीको शिक्षकको पदमा रही सेवा पुर्याउनु भएको थियो। फूलबारी उच्चमा .वि.र चन्द्राोदय उ.मा.विको विद्यालय व्यवस्थापन समितिको सदस्य,ज्योतिष भविष्यवाणी (सप्ताहिक नेपाल)को प्रवन्ध निर्देशक पदमा रही विद्यालय र पत्रकारिता क्षेत्रमा पनि उहाँको योगदान देखिन्छ। यसरी नै उहाँ जनपुस्तकालय धनगढी, कैलाली, सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलाली, हेम्जा साहित्य प्तिष्ठान कास्की, गीताञ्जली साहित्य परिवार पोखरा, अलि मियाँ लोकवाड्मय प्रतिष्ठान पोखरा, राष्टीय धर्मसभा नेपाल र अन्तराष्टीय ज्योतिष लेखक महासंघको आजीवन सदस्य हुनुहुन्छ। संघसंस्थामा आवद्धतामाब नभएर रामनाथजीले पदीयभार पनि लिनु भएको छ र आफ्नो पदीयदायित्व निभाउनु भएको छ। फूलबारी साहित्य सङ्गम कैललाी र भगवतीटार बाढीपीडित सड्घर्ष समिति कास्कीको अध्यक्ष, गीताञ्जली साहित्य परिवार, पोखरा, नेपाल ज्योतिष पत्रकार संघ कैलाली, विश्वहिन्दू महासंघ कैलाली शाखा को उपाध्यक्ष, नेपाल ज्योतिष पत्रकार महासंघ।, सुशासन शिवशक्ति धार्मिक समाज नेपाल, राष्टीय धर्मसभा नेपाल कास्कीको महासचिव, विश्वहिन्दू महासंघ सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, छिन्नेडाँडा खाल्टे पुनर्वास सुधार समिति पोखराको सचिव पदमा रहेर सेवा पुर्याउनु भएको देखिन्न्छ।

सम्मान पुरस्कारहरू–निस्वार्थ भावबाट कर्म गरिदै जाँदा कही न कही कसैले न कसैले त्यसको मूल्याड्कन गरिरहकेको हुन्छ। यहाँ रामनाथ जीकको साहित्यिक र सामाजिक कामको उच्च मूल्याड्कन गर्दै करिब दुई दर्जन जति संस्थाहरूले उहाँलाई सम्मान तथा अभिनन्दन गरेका छन्। उहाँका केही संस्थाबाट गरिएका सम्मानका विवरण यसप्रकार छ्न् — नेपाली भाषा संस्कृति परिषद सुदूर पश्चिममाञ्चल क्षेत्रीय सम्मान (२०६२), कैलाली महोत्सव पुरस्कार (२०६३), नेपाल लेखापढी कानून व्यवसायी एशोसियएशन सम्मान, धनगढी(२०६४), नवरत्न साहित्य सड्गम सम्मान धनगढी क्रैलाली, (२०६४),कैलाली जनकपुस्तकालय सम्मान, धनगढी (२०६६), डिट्ठा प्रतिष्ठान इशानेश्वर लमजुडबाट सम्मान र पुरस्कार (२०६७), सामिप्य नेपाल सम्मान, पोखरा (२०६७), दिननाथ सााहित्यप्रतिभा पुरस्कार, कैलाली (२०६८), नेपाल प्रज्ञा प्रतिष्ठान हिमचुली कला साहित्य सम्मा र पुरस्कार (२०६८), सुदूरपश्चिमाञ्चल साहित्य सम्मान (शैलेवरी, डोटी २०६९), सत्य साइबाबा धर्मसभा पुरस्कार, कठाण्डौ (२०७०), नेपाल ज्योतिष पत्रकार महासंघ।,राष्टीय पुरस्कार पोखरा (२०७१), श्रीपति कोइराला गुठी सम्मान पोखरा (२०७१), उमा महेवर धर्मसभा पुरस्कार काठमाण्डौ (२०७१) ॐ कार वाणी (मासिक), सम्मान काठमाण्डौ (२०७२), राष्टीय धर्मसभा नेपालबाट सम्मान, पुुरस्कार (२०७२), भेषराज साहित्य सम्मान स्याड्जा (२०७२),चिसाखोला वेदविद्याश्रम सम्मान पोखरा ( २०७४), वैदि ज्योतिष विज्ञान विश्वविद्यालय नेपालबाट हाकविरत्न घोषण (२०७४), हेरम्ब/ पार्वती कोइराला सम्मान,पाोखरा (२०७४), सुदुरपश्चिमाञ्चल विष्णुदास यज्ञ प्रतिभा पुरस्कार कैलाली (२०७५) ।

विन्ध्यावासिनी माहात्म्यको सानो परिचय–

उहाँले मलाई एउटा कृति पनिदिनु भएको छ। यो कृतिको नाम हो विन्ध्यवासिनी माहात्म्य। यस कृतिलाई सरसर्ती पढें। यस कृतलाई विन्ध्यवासिनी भगवतीको चरणमा समर्पण गरिएको छ। हरिकला अधिकारी र रमादेवी अधिकारी यस कृतिका प्रकाशक रहेका छन्। मूल्य सहयोगस्वरूप १२५ रुपियाँ राखिएको छ। आवरणको अग्रभागमा विन्ध्यवासिनी मन्दिरको तस्विरले सजिएको छ र पछिल्लो आवरण पृष्ठमा महाकवि रामनाथ सँगीको परिचय दिइएको छ। ८४ पृष्ठको यस कृतिमा प्रा.डा. माधव भट्टराई,तीर्थ श्रेष्ठ, डा. बलराम उपाध्याय रेग्मी डा. नाराायण धिककारी, मुक्तकणि तीर्थराज अधिकारी, हेरम्ब कोइराला, वेदनिधिध शर्मा अधिकारीका शुभकामनाका अमृतवाणीलाई पढ्न पाइन्छ। सबैको धारणामा रामनाथजीको बहुआयमिक व्यक्तित्वको चर्चा गरिएको छ। विन्ध्यवासिनीको आरती, मङ्गलाचरण, पञ्चगव्य निर्माण पूजा विधि, कर्मपात्र निर्माण पूजा विधि, गाईदान पूजा विधि, अध्र्यपात्र पूजा विधि,दीप पूजा विधि,कलश पूजा विधि,गणेश पूजा विधि, न्ध्यिवासिनी पूजा विधि,पूर्णपात्र दानम्, भूयसी दक्षिणां पूजयत्,देव्यपराधक्षमपनस्तोत्रम्, देवी पुष्पाञ्जली स्तोत्रम्, वन्दना, सन्ध्या आरती र आरती भजन जस्ता महत्त्वपूर्ण सन्देशलाई जो दैनिक पूजा पस्कदै कवि विन्ध्यवासिनीको पृष्ठभूमिकामा प्रवेश गर्नुहुन्छ।

प्रथम मतमा– सिद्धिनारायणशाह कास्कीका राजाथिए। राजा विमारी परे। रााज गुरुले विन्ध्यवासिनी देवीको अर्चन गरेमा रोग सञ्चो हुने जानकारी दिएपछि राजाले अर्चन गरे र राजाको रोग हट्यो। राजाले सपनामा देवीको दर्शन पाए। देवीले विन्ध्याचल पर्वतमा गएर देवीको मूर्ति ल्याएरदरवारको नगिचमा स्थापन गर भन्ने आदेश भयो। राजा विन्ध्यान्चल पर्वतमा गएर मूर्ति लिन खोज्दा पूजारीले दिएनन्। सपनानमा देवीले राजालाई मूर्ति देऊ भन्ने आदेश भयो। पुजारीले राजालाई मूर्ति लान भनेपछि राजाले विन्ध्यााचल मन्दिरमा गरेका पूजा अर्चना गरेको धारणालाई कविले यसरी पस्केका छन् –

विन्ध्याचल मन्दिरा आरती जलाई
जननीका चरणमा शीर निहुँराई
भरिया र सेनालाई मूर्ति बोकाएर
जयकार लगाउँदै फर्किए नरेश
पृष्ठ ५७

द्वितीय मत

यसमा कृतिकारले राजाले मूर्ति बोकेर विन्ध्याचलबाट पोखरातिर लागे पोखरामा आएपछि राजाले ईश्वरीले भनेका कुरा विर्सेर अग्लो टाकुरामा मूर्ति बिसाइयो र मूर्ति अचल भयो र राजाले यही विन्दु राखेर देवीको पूजा गर्न थाले। आफ्नो कुलदेवी मन्दिरमा स्थापित गराए भन्ने धारणा आएको छ ।

तृतीय मत– यस मतमा राजा सिद्धिनारायण शाह चाारधामको लागि यात्रा गर्दा विन्ध्याचल पर्वत पुगे। देवीको दर्शन गरे। देवीले सपनामा राजालाई दर्शन दिनुभयो र मूर्तिसँगै लग भन्ने आदेश भयो। राजाले देवीको मूर्ति ल्याएर पोखराको सबैभन्दा अग्लो ढिस्कोमा ल्याएर स्थापित गराए ।

चौथो मत — प्रथम शाह बंशी राजा कुलमण्डन शाहा देवीका भक्त थिए। देवी शरणमा पर्न आवश्यक देखे र राजा देवीको भक्तिमा लागे। देवीले सपनामा दर्श दिएकोले राजा विन्ध्याचल गएर मूर्ति स्थापना गरेकाो धाारणा यस खण्डमा आएको छ। पोखरामा विन्ध्यावासिनी देवीको स्थापनाका चारओटा मत यहाँ बताइएको छ। यस लेखमा विन्ध्यासिनीको परिचय सम्बन्धमा पनिआधारणा राखेका छन्। विन्ध्यवासिनी श्रीकृष्णकी बहिनी हुन् भनिएको छ। यशोदाका गर्भबाट मैले जन्म लिन्छु ।देवकीका कोखबाट तिम्ले जन्म लिनु भनी दुवैले योजना बनाएर यस पृथ्वीम कृष्ण र विध्यवासिनीले पदार्पण गरै ।बच्चा जन्मेपछि साटासााट गरियो। कंशले देवकीको गर्भबाट जन्मेका बालको हातबाट मर्ने श्राप भएकोले देवकीको कोखबाट जन्मेको बच्चालाई मार्दै गएको र यसपटक साटिएकी बालिकालाई ढुङ्गामा बजार्न खोज्दा हातबाट फुत्कि आकाशा पुगेर तँलाई मार्ने जन्मिसकेको छ भन्दै विन्ध्याचल पर्वतमा गएर देवीले आफ्नो बासस्थान बनाएकीथिइन्। यी नै देवी हुन् विन्ध्यवासिनी भन्ने धारणाा आएको छ। यस कृतिमा विन्ध्यवासिनी देनवीका भजन छन् र १०८ नामहरूरू पनि दिइएको छ।

मूलतः अधिकारीजीका धारणाहरू आध्यात्मिकतिर मौलाएर आएका देखिन्छन्। अधिकारीजीको लेखन तीब्रशक्ति अनुकरणीय छ। भावी जीवन पनि सुस्वास्थ दीर्घायुको साथै यस्तै अनुकरणीय बन्दै जावस् भन्ने कामना गर्दछु। मेरा भावनाका बगाइ पनि यहीं नै रोक्दछु ।

धन्यवाद
सदानन्द अभागी
२०७५। ०८। २७,
शान्तिचोक, कावासोती न.पा.वडा नं ७, नवलपुर, गण्डकी प्रदेश, नेपााल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *