Skip to content


डायरीका पानाहरू जताभावी केर्‍या छैन ।
सापटीमा आँखा मागी यो दुनियाँ हेर्‍या छैन ।।

फुस्रै भए पनि म त आफ्नै रङमा दङ्ग छु ।
रङ्गीचङ्गी हुनलाई मैले रङ फेरे छैन ।।

वरिपरि सुस्केरा छन् समस्याको रासमा छु
गनिमत भनौँ अझै विपत्तिले घेरे छैन ।

सुम्सुम्याई राखेको छु कस्तै खडेरीमा पनि
रहरको घाँटी मैले उदासभै सेरे छैन ।

जाडो खप्नु खपेको छ मान्नुपर्छ यो ज्यानले
जाडो छल्न जडौरीको पस्मिना त्यो बेहे्र छैन ।

मर्यादाको सवालमा को भन्दा को कम हुने ?
अटेरी त्यो काल हुँदा ‘बूँद’ ले नि टेरे छैन ।

2 thoughts on “जताभावी केर्‍या छैन”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *