Skip to content

हाम्रो यो दूरी चुलिदैछ आजभोलि ।
लाग्छ मलाई भुलिदैछ आजभोलि ।

कहिले यस्को हातमा कहिले उस्कोमा ।
चोखो जल बिटुलिदैछ आजभोलि ।

सँगीसँग अर्कैका कुरा हुन्छन रे ।
बिचमा को को हुलिदैछ आजभोलि ।

मनमा के बोझ बढ्यो र त्यस्तो कुन्नि ।
खुब मन्दिर डुलिदैछ आजभोलि ।

8 thoughts on “गजल”

  1. मर्मस्पर्शी कुरा गर्नुभो
    मर्मस्पर्शी कुरा गर्नुभो दिनेशजी! त्यस्तो लाग्या मात्रै होला है! 🙂
    सटिक र कडा भाव प्रवाहित भयो।

    लुकाएको त हैन कहिल्यै केही तर
    किन लाग्छ खुलिंदैछ आजभोलि

    😀

  2. दिनेश जी,
    निक्कै

    दिनेश जी,
    निक्कै प्रभाव पूर्ण लाग्यो शेरहरु । सम्पूर्ण गहकिला भयकोले कुनै एक शेरलाइ रोजेर कोड गरौ कि भन्ने ठानेको थिय तर सम्पूर्ण शेरहरु गहकिला भयकोले गाह्रो पो पर्यो त ।
    अनि, आफ्नै वास्तविक जीवन सँग सम्बन्धित गजल हो कि ??? कसै प्रती लक्षित पो छ कि ? ट्वाक्क मन छुने खाल को लाग्यो गजल । आगमि दिनमा नि पढ्न पाइयोस् ।
    मेरा केही शब्दहरु …………….

    हेर्दा-हेर्दै प्रेम मा प्रयोगशाला बन्नेहरु
    दिनेशको गजलमा फुलिंदैछ आजभोलि

    प्रकाश

  3. दिनेश जी ग़ज़ल खूब मन
    दिनेश जी ग़ज़ल खूब मन पर्यो
    तपाईको ब्लग पनि पढने गर्छु, मेरो यो ब्लग झ्याल (www.krishnathapa.com) पनि बेला बेला चाहार्नु होला है ।

    दिनेशजीका ग़ज़लरूपी खजानाका बाकसहरु
    वन्द थिए, एक एक गरि खुलिदैछ आजभोली ।

    धन्यवाद ।

  4. कुमार जी , हत्तेरी कस्तो
    कुमार जी , हत्तेरी कस्तो बेजोड शेर थप्नु भो । तपाईंले शुरु गरिदिनु भो प्रकाश जी र कृष्ण जी ले पनि थप्नु भो अर्को कुनै साइट तिर चाही यि शेर हरु पनि जोडेर राख्नु पर्ला जस्तो छ ।
    प्रकाश जी ,क्या शब्द प्रयोग गर्नु भो प्रेम अनि प्रयोगशाला ,हाइकु को शब्द सुन्दरता गजल मा पनि ।
    कृष्ण जी , तपाईंको वेब साइट म पनि बेला बेला मा हेर्ने गर्छु । कमेन्ट मात्र राखेको थिइन अब हेरेको छु भन्नुलाई पनि कमेन्ट राख्छु है । अनि मिठो शेरको लागि धन्यबाद ।

  5. साह्रै राम्रो छ। मैले पनि एक
    साह्रै राम्रो छ। मैले पनि एक शेर थपें है त?
    सुनेको छु पस्चातापले जली जली
    तीनको मुटु दुलिदैछ आजभोलि
    सुनिल संगम

  6. गतिशिल डुन्गामा झुण्डीयो भने
    गतिशिल डुन्गामा झुण्डीयो भने पौडीन नजाने पनि नदी तरिन्छ । म पनि यो यात्रामा नौलो धावक। गजल यात्रा भनेको हो है, प्रेम यात्रा होईन । मेरो पनि एउटा शेर-

    मन् यो भन्छ माया भए मुटु भित्र चिहाउने कि ?
    जोड घटाउ भित्र पिडा घुलिँदैछ आजभोलि ।

  7. साथिहरुका मिठा मिठा शेरहरु आए
    साथिहरुका मिठा मिठा शेरहरु आए , यदि अनुमति दिनुहुन्छ भने म यि शेरहरु मेरो ब्लगमा राख्न चाहन्छु ।यहि गजलमा नै तपाईहरुको नाम सहित किनभने यो नौलो प्रयोग रमाइलो लागेको छ मलाई साथिहरु को यसमा के राय छ ? थाहा पाउन उत्सुक छु ।

  8. दिनेश जी, मेरो सहमती छ
    दिनेश जी, मेरो सहमती छ ।
    प्रकाश

Leave a Reply to poudel prakash Cancel reply

Your email address will not be published. Required fields are marked *