Skip to content

प्रेमको वायुयान


अनौठो रहेछ प्रेम विमान
उड्नलाई टिकट नचाहिने
कसैको मनको प्रेम टिकट लिए पिछ
कल्पनाको संसार भरि डुल्न पाइने
तर दूरि पार गर्नु नपर्ने !!

मैले आफै चालक भएर उडाउँदा
मेरो यात्री उनी मात्रै थिइन
हामीले धेरै ठाउँ डुल्यौं
उनी अझै उडौ भन्थिन
तर आँखा खोल्दा त उनी
घ्वार घ्वार घुर्दै थिइन ॥

प्रेमको वायुयान उड्न थालेपिछ
आवाज पनि नदिँदो रहेछ
एकै पल्ट चन्द्रमा पुिग
मंगल ग्रहमा ओर्लदो रहेछ
उनलाई साथ नछुटाई
फेरी धर्तीमा फर्किदो रहेछ ॥

तर मेरो प्रेम थान
आज नराम्ररी थन्केको छ
यात्रु नै विमान देखि विराक्तिएपिछ
किन विमान रित्तै उडाउनु र
थन्क्यो अब मेरो प्रेम यान
एक्लै कसरी बनाउनु र !!

2 thoughts on “प्रेमको वायुयान”

  1. ए पन्डित फेरी प्रबचन लिएर
    ए पन्डित फेरी प्रबचन लिएर आयौ? पहिलेको कुरामा माफि माग अनि मत्र लेख त।

  2. तर मेरो प्रेम थान
    आज नराम्ररी

    तर मेरो प्रेम थान

    आज नराम्ररी थन्केको छ

    यात्रु नै विमान देखि विराक्तिएपिछ

    किन विमान रित्तै उडाउनु र

    थन्क्यो अब मेरो प्रेम यान

    एक्लै कसरी बनाउनु र !!

    किन थन्किदैन त जे पाए तेही लेख्दै हिडें पछि अझ कुच्याएर मिल्काउछन होस गर्नुस्।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *