TuladharBK

एक मीटर
दुई मीटर
कैयौ मीटर
थाहा छ सबैलाई
दुरीको मापण यसरी नै गरिन्छ

मान्छे मान्छेबीचको दुरी
शहर शहरबीचको दुरी
गाउँवस्ती वस्ती बीचको दुरी
छोटो दुरी
लामो दुरी ।

कोरोना भाइरसले होइन
जातको भाइरसले
मबाट धेरैले दुरी कायम गरे
मन्दिर, पधेरो अनि पाटी–पौवामा
एक दुई होइन कैयौ मीटरको दुरी
तसर्थ लामो दुरी कायम गरिएको
लक्षणविनाको सामाजिक विरामी हुँ म
सर्दै नसर्ने भाइरस
अहंकारको भाइरस
खै के खै के भाइरसले
छिमेकीबाट दुरी कायम गरिएको
विवश छिमेकी हुँ म
विद्यालय, खाजाघरमा
साथी संगीहरुबाट दुरी कायम गरिएको
लाचार साथी हुँ म
तसर्थ
मलाई महामारीको भाइरसका कारण दुरी कायम गर्न
अलि सहज भएको छ ।

म भन्छु,
मेरो समाजले बुझोस्
दुरी कायम गर्दाको पीडा,
मेरो छिमेकले महशुस गरोस्
दुरी कायम गर्दाको असहजता,
कोरोनाको दुरी कायम गर्ने मापदण्डले
मेरो समाजमा जातको कारण दुरी कायम गर्ने
अमानवीय प्रचलनलाई सतलक्कै निलोस्
पूर्णरुपमा नयाँ समाजको निर्माण होस्
शभ्य समाजको निर्माण होस््
दुरी टाढाको होइन
नजिकको बनोस् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *