Skip to content

नबोले नि रातभरि उनको मात्र सम्झना


नबोले नि रातभरि उनको मात्र सम्झना
निदाउदा रातभरी जुनको मात्र सम्झना

मनभित्र गुम्सिएर नबोलेका बोलीहरु
सपनामा रातभरि धुनको मात्र सम्झना

गालाका ती नसामा बगिरहने निरन्तर
अविरल रातभरि खुनको मात्र सम्झना

गहनाले सजिएकी टल्कने कानको झुम्का
लगाएको रातभरि सुनको मात्र सम्झना

हर्षवर्षा अस्रुधरा चोर औलाको स्पर्शमा
त्येही आँसु रातभरि

नुनको मात्र संझना !!

मनोज काफ्ले “मनसुन”
कुवैत

7 thoughts on “नबोले नि रातभरि उनको मात्र सम्झना”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *