Skip to content


सत्य छ यो बह्रामाको लिला,
कसम खाएर भन्छु म धर्मको,
सत्य लुकाउन किन? झुट बोल्नु पर्छ,
सुर्य छन् साँक्षी दिनमा-
तर म साँक्षी होइन मेरो ।

जन्मिदाको साथी देखीन,
म मर्दाको मलामी भेटीन,
एक दिन बाच्न किन नरसिंह बन्नु पर्छ?
चन्द्र छन्, साँक्षी रातमा-
तर म साँक्षी होइन मेरो।

आफूलाई कात्रो आर्जीन सकिन,
किन्न् सकिदैन काल आफु बाच्न,
आफु बाच्न के नर मार्नु पर्छ?
आगो छ साँक्षी अंगेनुमा-
तर म साँक्षी होइन मेरो।
अबश्य मर्नु पर्छ, याहाँ प्राणीले,
आत्मा बाहेक लास छोडि जानु पर्छ।
कसम धर्मगीताको के सत्य बोलेको?
इश्वर छन् साँक्षी सत्यमा-
तर म साँक्षी होइन मेरो।

2 thoughts on “सत्य छ यो बह्रामाको लिला,”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *