Skip to content

भट्टी पसे आँफैलाई पिलाएर आए
उध्रेको ‘थ्यो मनको छेउ सिलाएर आए

नशा नशा भित्र सबै बियोगको बाढि
प्याला सङ्गै प्रेम बुदँ मिलाएर आए

दोबाटोमा फेरी आज “मैसा’प”को दर्शन
गाली दिदै मनको झार जिलाएर आए

डर थियो आज पनि छट्पटिन्छु रातैभरी
त्यसैले त मिठो निद दिलाएर आए

सोचेँ जस्तै गरें अनी चाहे जस्तै खुशी
आफ्नै लागि जिए तर बिलाएर आए

भट्टी पसे आँफैलाई पिलाएर आए
उध्रेको थ्यो मनको छेउ सिलाएर आए

4 thoughts on “गजल”

  1. हजुरको गजल पढेर खुसि लग्यो
    मन

    हजुरको गजल पढेर खुसि लग्यो
    मन भित्र को बेदना खोलेर लेखेजस्तो लग्यो अनि कसैको मनको चाह पुर्याएर फर्के जस्तो लाग्यो
    जब मनमा अतिशये हुन्छ अनि येस्तई गर्न मन लाग्दो रहेछ मन पटक्कै नमान्ने भन्या ….
    त्येसैल्र त यो शेर पटक पटक दोहोरयाउदै छु म

    भट्टी पसे आँफैलाई पिलाएर आए
    उध्रेको ‘थ्यो मनको छेउ सिलाएर आए

    जब नसा नसा मा नशा दौडिदा फेरी नसा को सम्झना किन हुन्छ ?
    किन कि उध्रेको छेउ नसा ले सिलाउछ त्येसैले होला

    राम्रो गजल को लागी सुभकामना छ

  2. मनोज जि प्रतिकृयाको लागि धेरै
    मनोज जि प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद
    ….यो साथ कहिल्यै नछुटोस !

  3. mitra anubhavji,
    tpainka

    mitra anubhavji,
    tpainka gazal ta sathiharule pani ramro chha vannuvako 6. tyo kurama ta mero pani sahmat 6. ajhai gazallai sake baharma ra baharma nsake pani achherko sankhya barabar parera lekhidinuvay sunma sugandha hunethiyo.

    – gorkhesailo, gazalko bidhyarthi, nepal.

  4. गोर्खे जि धेरै धेरै धन्यवाद
    गोर्खे जि धेरै धेरै धन्यवाद प्रतिकृयाको लागि
    तपाईंका सुझाबहरुलाई मनै देखी मनन गर्नेछु

    बहरमा लेख्नको लागि तपाईंको लेख पढ्दै छु उचित ज्ञान लिए पछी प्रयास गर्नेछु।

Leave a Reply to Manoj kafle Cancel reply

Your email address will not be published. Required fields are marked *