उस्तै हो हिमाल, वन, जंगल, डाँडा, काँडा
उस्तै छन,
मान्छे पनि उनै हुन
घाम, जून उही छन
त र पनि किन लाग्छ
सबै फरक, फरक ?
माटो त्यही हो,
टेक्ने धर्ती उस्तै छ ,
हावाको स्पर्षले उसरी नै छुन्छ
त र पनि किन लाग्छ
सबै फिक्का,फिक्का ?
मन उही छ छातीभित्र
मुटुको आकार उही हो
हेर्ने आँखाहरू त्यही हुन,
त र पनि किन लाग्छ
सबै नौला,नौला ?
हो…. यो सत्य हो,
म देख्दिन आफन्तको छायाँ,
पाउँदिन ति मायारुपी शब्दहरू,
अनि साट्न सक्दिन भावनाका उद्गगारहरू,
किनकि फरक यत्ति हो
म आफ्नो आगनबाट ओझेल छु
म आफन्तको सामिप्यताबाट
बन्चित छु ,
आफ्नो माटोबाट बिरानो छु ,
बस ……………!
(अमेरिका )

………..
म आफ्नो आँगन बाट
………..
म आफ्नो आँगन बाट ओझेल छु
म आफन्तको सामिप्यता बाट
बन्चित छु
आफ्नो मातोबाट बिरानो छु
बस……।
राम्रो अती राम्रो
हो…. यो सत्य हो,
म देख्दिन
हो…. यो सत्य हो,
म देख्दिन आफन्तको छायाँ,
पाउँदिन ति मायारुपी शब्दहरू,
अनि साट्न सक्दिन भावनाका उद्गगारहरू,
किनकि फरक यत्ति हो
म आफ्नो आगनबाट ओझेल छु
म आफन्तको सामिप्यताबाट
बन्चित छु ,
आफ्नो माटोबाट बिरानो छु ,
बस ……………!
Prabhaa jee, pardeshi bedanaa pokhnu bhaeko rahecha khusi laagyo, haami jaba najik hunchahu samipa maa hunchau kahile yi bhaawanaale baas lidainan jaba tadha hunchhau samundra tare pachhi kati mahasus hunchha desh sanga bichhodinu ko pidaa ani hridaya bhari gunjirahanchhan samjhanakaa mithaa mithaa sangitharu…. tapaiko kabita jastai….