Skip to content

काँडा रहिछौ तिमी

फूल सम्झी टिप्न खोजें काँडा रहिछौ तिमी
कहिले चढ्न नसकिने डाडा रहिछौ तिमी

घाम जूनभन्दा पनि टाढा भैछौ तिमी
यो मायाको संसारभन्दा टाढा गैछौ तिमी
प्रेमिकाको आवरणमा चुडेल रहिछौ तिमी
अमृतको नाम गरी बिष भहिछौ तिमी

भोग्ने होईन जीवनलाई लुट्ने रहिछौ तिमी
मायालुको नाम गरी धुत्ने रहिछौ तिमी
देवता ठानी पुजे तर ढुङगा रहिछौ तिमी
मजधारमा डुबाऊने  डुङ्गा रहिछौ तिमी

     विमल गौतम
       मोरङ
   हाल साउदी अरेबिया

5 thoughts on “काँडा रहिछौ तिमी”

  1. देवता ठानी पुजे तर ढुङगा
    देवता ठानी पुजे तर ढुङगा रहिछौ तिमी
    मजधारमा डुबाऊने डुङ्गा रहिछौ तिमी
    विमल जि प्रेयसिले दिएको चोट र उस्कोखोट लाई शब्द मा उतार्नुभएको रहेछ शोकलाई शक्तिमा बदल्नुपर्छ भन्छन । यस विषयलाई गजल मा उतर्न सके साहित्यको अचार हुनेछ प्रायस गर्नुस शुभ-कामना

    सुजन “रसिक”
    टोक्यो जापान

  2. ‘फूल सम्झी टिप्न खोजें काँडा
    ‘फूल सम्झी टिप्न खोजें काँडा रहिछौ तिमी
    कहिले चढ्न नसकिने डाडा रहिछौ तिमी’

    विमल जि आजकलकालका प्रेयसि हरु को आम प्रबृत्ती हो यो । जेहोस जीवन्का भोगाइ हरुलाई शब्दमा उतार्न लाग्नुभएछ शुभकामना

    सरु किराति
    धन्कुटा हाल धरान

  3. गौतम जि मन्च हरुमा बोलेको,
    गौतम जि मन्च हरुमा बोलेको, बाचन गरेको देखिन्थियो साउदी अरेबिया को मरुभुमी का सिर्जनाहरु पनि प्रकासित भएको देख्दा खुशी लाग्यो । आगमी दिनमा यो भन्दा मिठा रचनहरु हामी लाई पस्किनुहोला शुभकामनाछ ।

    मान बहादुर
    साउदीअरेबिया

  4. धुवाँ मेरो साथी भएछ
    जिन्दगीमा

    धुवाँ मेरो साथी भएछ
    जिन्दगीमा जिउनलाई……

    नमराज ढुंगाना
    लेखनाथ-४

  5. मेरो सिकारु कविता हेरेर
    मेरो सिकारु कविता हेरेर प्रतिक्रिया दिनुहुने सुजन जी सरु जी मन ब. जी तथा नम राज जी यहाँ हरुले मेरो हौसला बढाई दिनु भएको छ आगामी दिन मा गल्ति हरु समेत औल्याएर सहयोग गर्नुहुनेछ भन्ने विश्वास राख्दै यहाँ हरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु . साथै मझेरी परिवार ले मलाई संसार भरि पुर्याउनु भएको मा आभारिछु .

    विमल गौतम

Leave a Reply to कोसिस Cancel reply

Your email address will not be published. Required fields are marked *