Skip to content

यसपालीको तिहारमा

यसपालीको तिहारमा सप्तरङ्गी टिका लगाई
पूँज्न पाईन माईती राजा मैले तिमीलाई

सम्झी-सम्झी बाटो हेरी चौंतारिमा बसेर
रुमालले आँशु पूछी खाली निधार साँचेर

अरुका चेली आउँदा दुखी मन गर्दा हौंला
पिरगर्दै आफ्नी चेली टाढा भै भन्दा हौंला

मखमली सयपत्री आँगनमा फूलो होला
गलामा लाउँन नपाई बैंलिएर झर्यो होला

पर्खीराख माईती राजा अर्को साल पक्कै आउँछु
संघारमा ओखर फोरी लामु तिम्रो आयु माग्छु

हे माईती राजा अब पिरचिन्ता धेरै नगर
पर्खीराख आघौं आउँछु सप्तरङ्गी टिका लिएर

गीता थापा (दोषी)
ईजरायल

5 thoughts on “यसपालीको तिहारमा”

  1. ओहो कती सुन्दर कविता अनि दर्द
    ओहो कती सुन्दर कविता अनि दर्द भरियको..

    अबस्येपनी तिहारमा माइतिराजा पुज्न नपाउदा मन मा कतीपिर परेहोला
    सम्झिदा म पनि मेरी दिदी रोएको देख्छु
    परदेशमा भएरपनि तपाइको यो कविता पढेर अझ सोकमा दुबें म

    हजुरको तिहार हासी खुसीमा बितोस

    यसपालीको तिहारमा सप्तरङ्गी टिका लगाई
    पूँज्न पाईन माईती राजा मैले तिमीलाई

    खुसीमा बितोस खुसीमा बितोस खुसीमा बितोस…………….

  2. यो खाली निधार राखेर दाजु
    यो खाली निधार राखेर दाजु कुर्नेछ तिमीलाई
    सालै पिच्छे सारेर भाका नढाट माइतीलाइ
    तस्विर हेरी एल्बममा तिम्रो रुदछ सानो भाई
    सम्झाई चिट्ठी दुइ चार शब्द लेखिदेउ उसलाई

    विमल गौतम
    साउदी अरेबिया

    1. गीता जी, तिहारको कविता राम्रो
      गीता जी, तिहारको कविता राम्रो छ,

      मखमली सयपत्री आँगनमा फूलो होला,
      गलामा लाउँन नपाई ओइलिएर झर्यो होला,

      साच्चै चेली नहुनेलाई त झन …..

      मिना बान्तवा,

  3. गीता जी भावनात्मक लेखाईको
    गीता जी भावनात्मक लेखाईको लागी धन्यबाद, भावनाको सागरबाट उछिट्टीएका शब्दहरु सारै मिठा हुन्छन . र बिमल गौतम जी ले भने झैँ सधै सधै परदेश मा बसेर चाही झूठो आस्वासन चाही दिनु भएन है| तिहार भनेको चेलीको हातबाटै मात्रै रंगिंछ नि गीता जी …

  4. गीता जी का शब्द बाक्लै छरिएका
    गीता जी का शब्द बाक्लै छरिएका छन साहित्यीक वेब र ब्लगहरुमा
    र ति शब्दहरु पनि समयानुकुल नै पाएको छु !

    परदेशीय पछी मानिस आफ्नो बिछोड र यादहरुले पिल्सिएको मनलाई मल्हम लगाउन आतुर हुन्छ र साहित्य नै पिडा र बेदनालाई घोप्ट्याउने ठुलो मझेरी हो क्यार !
    साहित्यको लागि आँशु, बेदना, कल्पना, सपना, वियोग, संझना, यी आदि कुराले नै महत्व राख्दो रहेछ ! र मैले गीता जी का सिर्जनाहरुमा यी यीनै बेदना कल्पना र स्वप्ना भेटेको छु !
    र तपाईंका साहित्यिक थुंगाहरुमा यस्तै यस्तै पत्र पल्टाउन पाउदा मन साह्रै पकुलित भयको छ !
    तपाईलाई सहित्यको चुचुरोमा देख्न पाईयोस मेरो शुभकामना छ तपाईंलाई !

    र बितेको दशैको ढिलै भए पनि अनि आउँदो तिहार अग्रीमरुपमा शुभकामना

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *