Skip to content


धेरै महँगो रह्यो मेरो ईच्छा र सपनाहरू,
जो मेरो इच्छालाई एउटा कात्रोले टाल्न सक्दिन।
म इच्छा गर्छु, सपना देख्छु, अनि डुब्छु कल्पनामा
मेरो अथक प्रयास सबै साँगर बिच
थोप्लिएको आँशु झैं बिलिन भएर जान्छ।
म मेरो ईच्छाको लागि न कसैलाई चिथोर्न सक्छु,
न म मेरो सपनाको लागी कसैलाई गुहार्न नै,
म आफ्नो बाटो बिर्सिएर कहिं कतै
चौबाटोमा अलपत्रिएको एउटा यात्री,
ईच्छा नै ईच्छा अनि सपना भित्र हराएको
कालो कुहिरोभित्र काग झैं रुमल्लिएको,
नदीमा बाढी आउँदा, धमिलिएको पानीभित्र
बिचलित त्यो माछा झै, हुरीको लहराभित्र
हराएको चरी झैं, म आफ्नै ईच्छाको चिहानमा
पुरिएको एउटा जिउँदो अवशान हुँ।
म आशा बाट टाढिएको र
प्रतिक्षाको घडी नभएको स्वास हुँ।

बि.जे. बान्तवा ‘पराईमान्छे’
ठुलोदुम्मा-९, भोजपुर

10 thoughts on “जिउँदो अवशान”

  1. छक्कु उदासी

    बि. जे. जी
    नमस्कार !

    बि. जे. जी
    नमस्कार !
    तपाईको रचना अत्यन्तै राम्रो लाग्यो । सबैको मनमस्तिष्कमा सिन्चित हुनेगरी कलमको मसी अभिरल बगिरहोस । मेरो कामना छ ।

  2. हराएको चरी झैं, म आफ्नै
    हराएको चरी झैं, म आफ्नै ईच्छाको चिहानमा
    पुरिएको एउटा जिउँदो अवशान हुँ।
    म आशा बाट टाढिएको र
    प्रतिक्षाको घडी नभएको स्वास हुँ।

    राम्रो लाग्यो तपाईंको कविता…मन छोयो…

  3. म आफ्नो बाटो बिर्सिएर कहिं
    म आफ्नो बाटो बिर्सिएर कहिं कतै
    चौबाटोमा अलपत्रीएको एउटा यात्री,
    ईच्छा नै ईच्छा अनि सपना भित्र हराएको
    कालो कुहिरोभित्र काग झैं रुमल्लिएको,
    kyaa sabda chayan cha lahai bi g keep it up.

    Sonu (Ghayal)

  4. yatharth parak kawita chh bj
    yatharth parak kawita chh bj ji tapaiko ‘kushi lagyo
    tapaiko kalamako nib le yasari nai yatharth chhadirahos mero kamana chh

  5. म मानिस भै’कन जन्म लिएछु,यो
    म मानिस भै’कन जन्म लिएछु,यो धर्तीको बिंचमा
    न त कहिल्यैँ सतकर्म केहि गरेछु हुने सबैको हितमा
    गीता जी यहाँ को मन का आखा खुलेछन सबैका यसरीनै खुलिदिए यो संसार मा मानवता को समुन्द्र उर्लने थियो . हाम्रा नेताहरुको मन का आखा यसरीनै खुले सायद संसार मा हामी नेपाली सबै भन्दा भाग्यमानी हुनेथियौकी

    Bimal Gautam

    1. coment galat thau maa pare
      coment galat thau maa pare jasto chha bimal g, yaso coment garnu bhanda agadi hernu hola,

      Thanks

  6. मेरा सम्पूर्ण साथीहरु छक्कु
    मेरा सम्पूर्ण साथीहरु छक्कु उदासी, थापाथलीका बिधार्थी मित्र, अनुभब जी, सोनु घायल जी , आसंक जी, मनोज काफ्ले जी एबं सम्पूर्ण मेरा शुभचिन्तकहरुमा मेरो रचनालाई अमुल्य समय दिएर मुल्याङ्कन गरिदिनुहुने हरुमा मुरी मुरी धन्यवाद तपाईंहरुको साथ पाए अरु पनि भेट का साथ आउने छु।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *