Skip to content

“तिम्रो लागि अमृत र अमर”

तिमी आफुलाई हतोत्साहित नठान
तिमी हिन्नता बोध आफुलाई नगर
तिमी एक्लो छैनौ ! प्रिय !
प्रिय ! तिमीलाई भन्दैछु
दुःख नमान
चिन्ता नगर
प्रिय ! नडराउ म सँग
तिमी बिचलित कहिले हुने छैनौ
मलाई नदाँज अरु सँग प्रिय
किन कि! म अरु जस्तो हैन अन्तर छु
म अमर छु तिम्रो लागि
तेसैले प्रिय नसोच
म तेती निस्ठुरी र क्रुर हैन
किन कि !
मेरो दिल तेती सस्तो छैन
यो दिल पसलमा बेच्न राखेको कुनै बस्तु होइन
जति खेर जसले दाम हाल्छ उसैलाई बेच्ने
यो मेरो दिल तेती सस्तो छैन
तेसैले जसले किनिन्दा किनिने
होइन जसले बेच्दा बेचिने
पनि होइन
हेर प्रिय !
मलाई शंका उपशंकाले अंकित नगर
यो दिलमा भगवानको बास छ
तिमीलाई पाप नलागोस
म पनि मानिस हुँ
कुनै निर्जीव बस्तु हुँइन
नभए आकासको अटल ताराहरुलाई सोध
धर्तिको निलकमललाई बुझ
बिहानीको बहिरहेको चिसो पवनलाई सोध
उदाउदै गरेको पूर्वको लालिलाई सोध
तिमीले मानेर पुज्ने भगवानलाई सोध
मत सधै तिम्रो मनको मन्दिरमा हुन्छु
दियो कलश बनेर
रंगी चंगी ध्वाजा भएर
पहेलो पवित्र पस्पतिको टीको बनेर
प्रिय तिम्रो आस्था अनि विश्वासमा भै रहन्छु
तेसैले भनेको हतोत्साहित कहिले नहुनु तिमी
मत सधै तिम्रो हौसलाको पात्र भै
मिठो अनि पवित्र अमृत बनि बसेकी हुने छु
तिम्रो दिल भित्र!
तिम्रो आस्था भित्र!
तिम्रो सोच भित्र!
तिम्रो हेराई भित्र!
अनन्त-अनन्तको लागि
अमर बनेर,
प्रिय आनंत-अनन्तको लागि बाँची दिन्छु
मन्दिरको ननिभ्ने मनको दियो बनेर
तिम्रो लागि म सधै हरेक तिम्रो आकंछामा पाइलाहरु बनि
अनि जितमा हर्षोलास बनि
हाँसी दिन्छु!
गाइ दिन्छु!
नाँची दिन्छु!
बाँची दिन्छु!
लाखौ ताराहरुको बीचबाट लड्दै पड्दै
तिमी र म हिड्ने बाटोहरुको काँडालाई पन्छाउदै
तिम्रो नजिक आउछु
प्रिय ! तिम्रो नजिक आउछु
त्यो सुन्यतामा रहेको मन्दिरको भक्त पुजारी बनेर
तिम्रो मनको मन्दिर संगालिदिन्छु
तिम्रो हरेक यात्रामा घामको किरणसँगै चिहाउदै
साथ दिन म आउछु!
काँध दिन म आउछु!
हात दिन म आउछु!
बास लिन म आउछु!
तेसैले कहिले तिमी हतोत्साहित नहुनु
मा माथि शंका उपशंकाले अंकित नगर्नु
प्रिय ! तिमी एक्लो छैनौ
तिमी आफुलाई कम्जोर महसुस नगर
तिमी आफुलाई एक्लो नठान
निरुत्साहलाई मन बाटै हटाई देउ
तिमी एक्लो छैनौ
सदा- सर्वदा!!
प्रिय! म तिम्रो साथ छु !
प्रिय! म तिम्रो साथ छु !!

मिना बान्तवा “मृदु”
झापा नेपाल
हाल इजरायल
hatt://minabantawa.blogspot.com

6 thoughts on ““तिम्रो लागि अमृत र अमर””

  1. यो कविता चाहिं झापा जतिकै
    यो कविता चाहिं झापा जतिकै लामो लम्बिएको छ | लामो कविता अनुपिमय छ |धेरै शसक्त कविता हो| यो डा.बानिरा गिरि जस्तो लामो कविता लेख्नेमा पर्छिन | मिना बान्तवा “मृदु” बानिरा गिरीको आविस्कार लामो कविता जस्तै ढाँचा काँचामा संरचनामा यो कविता बनेको छ|

    समदर्शी-काँइला

  2. यो दिल पसलमा बेच्न राखेको
    यो दिल पसलमा बेच्न राखेको कुनै बस्तु होइन
    जति खेर जसले दाम हाल्छ उसैलाई बेच्ने

    मिना जी
    कसैमा समर्पित नारी को अन्तर आत्माको आवाज पस्किनुभएछ हुन सक्छ आफ्नै किन नहोस ? यो कविता मा आत्मा बोलेको छ मुटु फुटेर आएको आवाज छ. अलिक लामो भएनर ? अनि एकोहोरो प्रेम पो होकी यो पात्रको संका लाग्यो ? जे होस् धुकधुकी को अतृप्त चाहना पोखिएकोछ यो कवितामा. फगत अन्दाज हो मेरो . धन्यवाद

    बिमल गौतम
    साउदी अरेबिया

  3. समदर्सी-काइँला जी, सर्बप्रथम
    समदर्सी-काइँला जी, सर्बप्रथम यहालाई वेल्कम! यहाको समालोचाना बाट म अति प्ररित भए धन्यबाद!
    बानिरा गिरीको मैले त हेरेको छैन तर यहाहरु भनेको निर्माण कर्ता म भनेको सानो सिकारु हजुरहरुको भनेको कोर्समा पनि पढ्दै जानु पर्छ, मेरो कवितामा हजुरको १ शब्द काफी, धन्यबाद!
    मिना बान्तवा “मृदु”

    बिमल जी, यहालाई टिप्पणीको लागि धन्यबाद! कविता लेख्दै जाँदा बिषय वस्तु पुरा भैसक्दा थाहै नपाई लामो भएछ टाँसी सके पछि थाहा पाएँ,
    मिना बान्तवा “मृदु”

  4. kabita raamro chha layaatmak
    kabita raamro chha layaatmak rupmaa herne ho bhane pani thikai chha, samstigat rupmaa herdaa NIlam karki “NIhaarika” ra Dr. Waniraa Giri, ko haarmaa ubhina khojeko chha, Mina jee aru pani aru raamro huna sakchha sabda samaayojana maa dhyaan rakhe,

    Uhi Bj.

  5. DHNYBAD B.J SIR YAHAKO
    DHNYBAD B.J SIR YAHAKO COMMENTLE MERO KABITA AJHAI JIBT BHAYO M GAURABIT AAFULAI GARCHHU. MINA BANTAWA “MRIDU”

  6. भन भन साथी हो – देउसी
    भन भन साथी हो – देउसी रे
    बेस्सारी भन – देउसी रे

    खल्टा खुल्टी बाटो –
    हिलो र माटो – देउसी रे

    दुइचार बल्ड्याङ – खाएका हामी
    जाम परी – आएका हामी
    महङ्गीमा सास्ती – पाएका हामी
    लोड्सेडिङ्मा टुकी – ल्याएका हामी
    महङ्गीले जनता सलाल
    लोड्सेडिङ्मा नेपाल झलाल ।

    हे कार्तिके दान – देउसी रे
    हे कुर्सीले हान – देउसी रे
    जुत्ताले हान – देउसी रे
    घुसले हान – देउसी रे

    चुनाब हारी – आएका हामी
    मन्त्री पद – खाएका हामी
    प्रभुको आशिक – पाएका हामी
    सधै दिल्ली – धाएका हामी

    मन्त्री बन्न सभासद चाहिंदैन
    सभासदलाई मन्त्री नि पाइदैन ।

    हे भन भन साथी हो – देउसी रे
    हे दक्षिणकाली – देउसी रे
    तिमीलाई फाली – देउसी रे
    हे उत्तरकाली – देउसी रे
    घर भित्र हाली – देउसी रे
    सरकार ढाली – देउसी रे
    नयाँ चाल चाली – देउसी रे
    स-साना पार्टीलाई – देउसी रे
    बेस्सारी उचाली – देउसी रे
    ठुल ठुला पार्टीमा – देउसी रे
    हे घनी भुत हाली – देउसी
    सरकारमा जान – देउसी
    आएका हामी – देउसी रे

    सरकार कस्ले बनाउछ जान्याछु
    नयाँ कार्ड चाइनालाई हान्याछु ।

    भन भन साथी हो – देउसी
    ह्विस्की मासु – देउसै रे

    सरकार कहिले – बन्ने हो
    संबिधान कहिले – बन्ने हो
    नयाँ नेपाल कसरी – भन्ने हो
    शत्रुले खाल्टो – खन्ने भो
    पत्रुलाई सबले – मान्ने भो
    हे बाउभन्दा छोरो – जान्ने भो
    चारअसा गाजा – तान्ने भो
    तरुनी धेरै – छान्ने भो
    देशमा सरकार कहिले – बन्ने हो
    नयाँ नेपाल कसरी – भन्ने हो ।

    हे भन भन साथी हो – देउसी रे
    राम्ररी भनन् – देउसी रे
    हे बजेट ल्याउन दिन्नौ – देउसी रे
    गोरु ब्याउन दिन्नौ – देउसी रे
    मेलम्ची ल्याउन दिन्नौ – देउसी रे
    बिकास गर्न दिन्नौ – देउसी रे

    बजेट ल्याउदा म पनि हेर्नेछु।

    हे भन भन साथी हो – देउसी रे
    हे रम्ररी भन – देउसी
    एक भाइ कले – देउसी रे
    एक भाइ माले – देउसी रे
    एक भाइ झाले – देउसी रे
    बन्नलाई भाले – देउसी रे
    उम्मेद्वारी हले – देउसी रे
    सबै हार्न थाले – देउसी रे
    सधै हार्न थाले – देउसी रे
    कोही छला गर्न थाले – देउसी रे
    कोही बल गर्न थाले – देउसी रे

    छना माथि फर्सी घिरौला
    रामचन्द्र प्रधानमन्त्री कसरी बन्छन हेरौंला ।

    आशिक
    सरकार बनोस – देउसी रे
    संबिधान बनोस – देउसी रे
    बन्दुकमा खिया लागोस – देउसी रे
    घुसखोरीलाई पखला लागोस – देउसी रे
    शान्तिले देश ढाकोस् – देउसी रे

    माछी मारी खिदा – देउसी रे
    लौ लियौ बिदा – देउसी रे

    12345
    Total votes: 54

Leave a Reply to minabantawa Cancel reply

Your email address will not be published. Required fields are marked *