मैले उनीहरूलाई भात माँगें-
उनीहरूले मलाई भात र बन्दुक दिए
मैले पेट्भरि भात खाएँ र बन्दुक पड्काएँ |
थुप्रै छातीहरू च्याँतेँ
अनगिन्ती टाउकाहरू पड्काएँ
रगतका फाल्सा र लासका डुंङुरहरूसँग
मनभरी रोंएर पेट्भरि खाएँ |
मैले माटो खाएँ, रगत पिएँ र ढुङ्गा सुतेँ |
घाइतेहरूको आर्तनादसँग
मानवता बाँचिन, क्रुरता ओकलेँ
तिनीहरूलाई निचोरी – निचोरी मारेँ|
र मैले उनीहरूको नुनको गुन फर्काएँ|
ठीक तेसबेला उनीहरू
इन्क्लाब-जिन्दाबादका आवाजहरूले
मृत बस्तीहरूमा बिजय उत्सब मनाउदै थिए|
र मैले यसरी भोकसँग मृत्यु साँटें,
मनभरि रोएर पेट्भरि खाएँ |
हरिहर दाहाल
क्यलिफोर्निया
अत्यन्त दर्दनाक अवस्थाको
अत्यन्त दर्दनाक अवस्थाको कारुणिक चित्रण रहेछ, यथार्थ रहेछ हजुरको कवितामा, कविता मर्मस्पर्शी एवं चिन्तनीय लाग्यो।
मैले उनीहरूलाई भात
मैले उनीहरूलाई भात माँगें-
उनीहरूले मलाई भात र बन्दुक दिए
मैले पेट्भरि भात खाएँ र बन्दुक पड्काएँ |…sarai ramro chha
साँच्चै नै दर्दनाक चित्रण
साँच्चै नै दर्दनाक चित्रण रहेछ कवितामा। राम्रो लाग्यो।