Skip to content

तिर्थ(यात्री)पौडेल
गजल
लाख बिन्ति गर्छु हजुर नजानुहोस बिदेशतिर
देश प्रेम इमान जमान नलानुहोस बिदेशतिर,

सुन फल्छ यो माटोमा पाखुरीको पसिनाले
बिदेशीको तिखो बचन नखानुहोस बिदेशतिर,

ममताले तताउला चिसो याम साग सिस्नोमा रमाउला
उग्र गर्मि लामो वियोग नसहनुहोस बिदेशतिर,

बिदेशमा पैसा फल्नु सुनको मृग बराबर
श्रम गरौ दुवै मिलि जाने बिचार नलिनुहोस बिदेशतिर,
लखनपुर ३झापा ,नेपाल,
हाल;बहराइन,

Leave a Reply

Your email address will not be published. Required fields are marked *