असार साउनको महिना आकाश घमाइलो भएको छ । एकै छिनमा चुँक-घोप्टाएको जस्तो कालोमैंलो बादल उडेर आकाशबाट बर्षाद हुन बेर लाग्दैनँ । सडक अनि गल्ली-गल्लीमा महिला मुक्तिका नारा घन्किरहेका छन् । नारा र जुलुशले उठाएका मुद्दाप्रति कसैको ध्यान गएको छैन ।

महिला सम्बन्धी कानुन कागजी रूपमा राम्रा बने पनि व्यवहारमा लागु गर्न नसकेकाले महिलाको समस्या जस्ताको तस्तै छ । उनी यस्तै कुराहरूले आफ्नो मनलाई तल्लिन बनाउँदै झ्याल भित्रबाट बाहिरको दृष्य नियाल्दै आफूभित्र फर्किएर हेर्दैछिन् । झ्याल भित्रैबाट संसारलाई अवलोकन गर्नु पर्ने बाध्यतासँग उनी राम्रोसँगले परिचित छिन् । एक बर्षको दुधे बालक छोडेर शहर पसेकी उनी शहर पस्नुको सबैभन्दा प्रमुख कारण गरिबी नै थियो ।

घरमा तीन बीस काटेकी वृद्ध सासूलाई एकसरो आङ ढाक्ने लुगा फेर्दिन नसक्दा कठ्याँग्रिदो पुस माघको ठण्डी काट्न अँगेनासँग कुस्ती खेल्नु पर्ने हुन्थ्यो । उनको नारी मन ती सब कुरा चुप-चाप सहन गर्न सक्दैनथ्यो । त्यसैले उनले कमाउनको लागि शहर पस्ने कुरासँग सम्झौता गरेर सासूलाई दुधे बालक छोडेर उनी घरबाट हिँडेकी थिइन् । उनी घरको संघार नाघेर हिँड्दा सारीको फेर समातेर चिच्च्याई-चिच्च्याई रुँदै “छोडेर नजानु” भनेर छोराले गरेको साङ्केतिक आग्रह बुझेर पनि अबुझ भएर पछाडि फर्केर हेर्दै नहेरिकनबाटो लागेकी थिइन् । भोलिको सुखी भविष्यको कल्पनामा निमग्न भएर ।

तर सोचेजस्तो कहाँ हुदो रहेछ र जीवन ! उनको जीवन पनि उनले सोचे जस्तो भएन । सारीको फेरले आँखाबाट बगेका बलिन्द्र धारा आँशु पुछ्दै आफ्ना पाइला अगाडि लम्काउँदै गर्दा बाटोमा कसैको आवाज आयो, “बहिनी बहिनी !”

त्यो आवाजले उनलाई पछाडि फर्केर हेर्न वाध्य बनायो । गहुँगोरो बर्णकी हेर्दा राम्री नारी शृंगारमा सजियकी अन्दाजी दुई बीसको हाराहारीकी महिला उनी सामु उभिएकी थिइन् । नयाँ भविष्यको खोजीमा पाइला लकाएकी उनी भर्खर ग्रामीण भेगको गरिबी परिवेशसँग मात्रै परिचित थिइन् । तर नारीबाटै नारी बेचिनु पर्छ भन्ने कुरामा उनी अनभिज्ञनै थिइन् । उनलाई त बडो खुशी लागेको थियो ती महिलासँग भेटेर आफ्नो दु:खका कुरा बाँड्न पाउदा ।

“सहयोग गर्छु म तिमीलाई” भनेको कर्णप्रिय आवाज सुन्न पाउदा उनले ती महिलालाई आफ्नो भाग्य बिधातानै सम्झिएर धेरै माथि उच्च दर्जामा राखेकी थिइन् । उनका कुरा सुन्दा र “तिमी शहर गएर बेरोजगारी भएर बस्नु पर्दैन, म तिमीलाई काम लगाइदिन्छु,” भन्दा उनले ती महिलालाई गुम्लुङग अंगालो हालिकी थिइन् ।

ती महिलाले नै “भोक लाग्यो होला । जाऔं ऊ त्यो होटेलमा केही खानेकुरा पाइन्छ कि !” भन्दै नजिकैको होटेलमा लेगेर टन्नै खानेकुरा खुवाएर गाडीको टिकट पनि उनैले काटेर शहर छिराइन । ती महिलासँग साथमा अर्की महिला पनि थिइन् । भन्दैथिन यिनलाई पनि काम लगाइदिन शहर लागेको । त्यो शब्दले उनी कति खुशी भएकी थिइन् । उनले आज जीवन नर्कमा डुबेर प्रत्येक पल्ट काललाई निम्ता दिएर छिटो लैजा भन्नु पर्ने हुन्छ होला भन्ने दश मनमा एक मन शंकासम्म गरेकी थिइनन् । विवाह गरेर छ महिना पनि बित्न नपाउँदै भर्खर गर्भ रहेको संबेदनशील अवस्थामा काम खोज्न कोइलाखानी गएको श्रीमान छोरा जन्मिएर एक बर्षको हुँदासम्म अत्तोपत्तो थिएनँ । त्यसैले उनी कमाउन शहर पसेकी । तर, सपना केवल सपनामै सीमित भयो ।

ती महिलाले उनलाई शहर लागेर आफ्नै घरमा आश्रय दिएर एक हप्तापछि उनी जस्तै दिदी बहिनी भेला पारेर काम लगाइदिने आस्वासन दिएर बम्बैको कोठीमा ल्याएर बेचेको कुरा दुई दिनपछि होस आउँदा उनले थाहा पाएकी थिइन् । ती महिलाले रेल चढ्नु अघि यो औषधी खाए भमिट नहुने कुरा बताएर एउटा सानो ट्याब्लेट दिएको र आफूले खाएको सम्झना छ उनलाई । बुढी सासूलाई जाडोबाट मुक्ति दिलाउने सपना र आफ्नो छोरालाई राम्रो शिक्षा दिने सुन्दर कल्पना पाल्दै घरको संघार काटेकी उनी आज पनि पुरानो अतित सम्झिएर डाँको छोडेर रुन्छिन ।

ती प्वालै-प्वाल परेका लुगाबाट जाडो छिर्दा “अँझै काम्दै होलिन मेरी सासू ! धिक्कार छ म जस्ती आमालाई बोलीसम्म नफुटेको त्यो दुधे बालक कस्तो भयो होला ? सधैं आमा-बाबुका न्यानो मायालु काखबाट बञ्चित जिन्दगीसँग घिनमान्दै गाली गर्दो हो आफैंलाई र बिस्मात मान्दो हो आफ्नो जन्मप्रति । कोइलाखाने गएका श्रीमान घर सम्झेर आएकी आएनन् होला ? त्यो झ्याल बाहिरको दृष्य नियाल्दै । असार साउनको महिना र घुर्मैइलो आकाश देख्दा उनलाई कहिले यो पिँजडाबाट मुक्ति मिल्ला र जलेको मनलाई भिजाएर शीतल दिनुँ होला” भन्ने लाग्छ ।

टोलाउदै गर्दा ढोका बाहिरबाट आवाज आउँछ, “ग्राहक आएका छन् । शृंगार गरेर तयारी बन ।”

“घरमा दुधे बालकले एक मुठी जाउलो खाना पाएको छ कि छैन? हात थर्थराउदै बुढी भएकी सासू मेरो बाटो हेर्दै होलिन । यहाँ राक्षसहरूको यौवनको भोक मेटाउने खान्की भएर पलपल मर्दै बाँच्नु पर्दो रहेछ ।” उनी पागल जस्तै एक तमासको हाँसो छोड्छिन् रर शृंगारिनतिर लाग्छिन् ।

महिला मुक्तिका नारा र जुलुसको घन्काइ कान सामु गुञ्जिएकै हुन्छ । तर महिलासम्बन्धी कानुन कागजी रूपमा राम्रा बने पनि व्यवहारमा लागु गर्न नसकेकाले महिलाको समस्या जस्ताको तस्तै छ ।

अस्तु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

8 thoughts on “समस्या‏”

  1. सधैं झैं मार्मिक नारीप्रधान
    सधैं झैं मार्मिक नारीप्रधान लेख लिएर आउनुभो। धेरै पछि देखा पर्नुभो। स्वागत छ; अनि रचनाको लागि धन्यवाद!

  2. यहाँलाई पनि धेरै धेरै धन्यवाद
    यहाँलाई पनि धेरै धेरै धन्यवाद कुमारजी।

  3. धन्यवाद एवम् बधाई गीता थापा
    धन्यवाद एवम् बधाई गीता थापा दोषी बहिनीलाई

    धन्यवाद एवम् बधाई गीता थापा दोषी बहिनीलाई । बहिनी तपाईले लेखेको हकिकत लेखसँग त म सयमा हजार प्रतिशत सहमत छु । यो सबै यथार्तता हो । आजको परिप्रेक्षमा एउटी नारीबाट नै अर्की नारीप्रतिको शोषण दमन र अत्यााचार भएको ब्यहोरा त हजुर्कै लेखले पनि पुष्टी गरेको देखिन्छ । नीयम र कानूनका कुरा त जुन देशमा सरकार नै छटैन त्यो देशमा हुने त कुरै भएन तैपनि नारीबाट नै नारी ठगिन्छे बेचिन्छे र लुटिन्छे भने अव यसको वकालत नारी स्वयमले नै गर्न पर्ने हैन र ?

    मझेरीको नियमित पाठक
    – गोर्खेसाइँलोचितवन ।

    1. सर्वप्रथम नमस्ते! हजुरका कुरा
      सर्वप्रथम नमस्ते! हजुरका कुरा सत्प्रतिसत ठीक हुन गोर्खेसाइँलाज्यु!तर एउटा हातले ताली बज्दैनँ। नयाँ नेपालमा पुरानै कुराको सुधार भएको छैनँ । नयाँको आशा राख्नु त आकाशको फल आँखा तरी मर भने जस्तै भएको छ/ नारीले-नारीको पिडा बुझ्ने दिन त्यो दिन आउछ जुन दिन कलमको भाषा बुझ्ने शिक्षाको ज्योति गाउँ-गाउँमा सहि तरिकामा बितरण गरिनेछ।र प्रत्येक महिला दिदी बहिनीको मनमा सकरात्मक सोचको बिकाश गर्न सामजका अगुवा निस्वार्थ्य भावना बोकेर लाग्नेछन्/ यी सबैको एउटा मुल कारण शिक्षा र अर्को गरिवी हो हजुर। जुन दिन हाम्रो देश नेपालबाट गरिवीले बिदा लिन्छ।त्यो दिन अबस्य महिला दिदीबहिनीहरुलाई पनि आफ्नो गल्तीको महसुस हुनेछ। र हामीले यस्ता कुरा हटाउँन गरेको प्रयास पनि सफल हुनेछ। हजुरले कमेन्ट गरेर हौसला प्रदान गर्नु भएकोमा हृदयबाटै यहाँ प्रति हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद

  4. गीता जी,
    तपाई को लेखन मा

    गीता जी,
    तपाई को लेखन मा कौशलता छ ! साधारण गाउका महिला हरु को पनि चेतना लाई उजागर गर्ने क्षमता देखिन्छ,
    मेरो बिचार मा तपाइँ ले जस्तै एस देश का प्रतेक नागरिक ले आफ्नो आफ्नो क्षेत्र बाट देश को लागि कुनै न कुनै
    योगदान दिएमा देश बलियो हुदै जाने थियो ! आशा गरौ देश र देश बासी लाई रुनु नपरोस धन्यवाद !!!

    मिलन कार्की
    बाग्लुंग

    1. मिलन जी,यहाँलाई हृदय देखि
      मिलन जी,यहाँलाई हृदय देखि धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *