Skip to content

नेपालका नेताहरू कस्ता

कुर्सी, मन्त्रि ,कुर्सी ,मन्त्रि त्यसै मात्र गर्छ नेता
कता अलि बढी फाइदा उतै उतै सर्छ नेता

हाम्रो लागि देशको लागि गर्छ भन्ने कुरै छोडौ
कहिले काही भेट्न जादा उसै आखा तर्छ नेता

माखो मार्ने हैन देशमा ओठे भासण गर्दै हिड्यो
खुट्टा यता थुतुनो चाई अर्कै तिर चर्छ नेता

भोका नांगा गरिबको सपना साकार पार्ने निउमा
आफुलाई चाई पुस्तौ पुग्ने एकैचोटी भर्छ नेता

शब्दै बिग्रियो नेता भन्नु इनको नियतीले
बुडो गोरु कोरलीमा,खै.. त्यसरीनै लर्छ नेता

9 thoughts on “नेपालका नेताहरू कस्ता”

  1. प्रेम चापागाइँजी गजल त लेख्नु
    प्रेम चापागाइँजी गजल त लेख्नु भो तर भन्ने ठाउँ पाएँ भन्दैमा तल्लो स्तरका शब्द प्रयोग गर्ने छुट तपाईँ पाउनुहुन्न भन्न मन लाग्यो
    जनताका नजरमा अप्रिय रहेका नेतालाई शिष्ट शब्द प्रयोग गर्दा पनि हाम्रो केही बिग्रने होइन!
    मजस्ता पाठकको कदर गर्न चाहनुहन्छ र मझेरीको गरिमाको सम्मान गर्न रुचाउनु हुन्छ भने केवल एक शब्द फिर्ता लिएर अर्कै सुहाउँदो राख्न विशेष आग्रह छ!

    नेता पनि हाम्रै हुन र शब्द पनि हाम्रै…

  2. प्रेम चापागाइँजी भाव ठीक
    प्रेम चापागाइँजी भाव ठीक छ,

    गजल त लेख्नु भो तर भन्ने ठाउँ पाएँ भन्दैमा तल्लो स्तरका शब्द प्रयोग गर्ने छुट तपाईँ पाउनुहुन्न भन्न मन लाग्यो
    जनताका नजरमा अप्रिय रहेका नेतालाई शिष्ट शब्द प्रयोग गर्दा पनि हाम्रो केही बिग्रने होइन!
    मजस्ता पाठकको कदर गर्न चाहनुहन्छ र मझेरीको गरिमाको सम्मान गर्न रुचाउनु हुन्छ भने केवल एक शब्द फिर्ता लिएर अर्कै सुहाउँदो राख्न विशेष आग्रह छ!

    नेता हाम्रै र शब्द हाम्रै…

  3. प्रेम चापागाइँजी भाव ठीक

  4. अप्रिय लाग्दा शब्द प्रयोग
    अप्रिय लाग्दा शब्द प्रयोग गरेका धेरै रचनाहरू पढियो पढाइयो उपसंहार अर्थात् चौथो उपन्यास उपन्यास पढाउँदा बडो सकस भयो
    त्यहाँ दर्जनौँ यस्ता शब्द प्रयोग छन्
    ठूलाबडाका कुरा त पचाउनु वाध्यता हो
    त्यसका तुलनामा त प्रेम चापागाइँजीको गजलको एक शब्द त्यत्रो आपतजनक नहोला तैपनि गजलजस्तो मर्यादित विधामा चाहिँ होस पुर्याऔँ भन्ने मेरो आग्रह हो

    जनताका नजरमा अप्रिय रहेका नेतालाई शिष्ट शब्दले पाठ सिकाउँदा पनि हाम्रो केही बिग्रने होइन!
    केवल एक शब्द फिर्ता लिएर अर्कै सुहाउँदो राख्न विशेष आग्रह छ!
    थोरै ठाउँ पाएमा हामीमा अराजकता भित्रन पनि सक्छ

    पितामाताका अगाडि पनि भाका हालेर गजल गाउन पाइयोस्
    हेतु यहि स्वार्थ छैन
    आगे प्रेमजी र त्यस्तै जागरूक कलमजीवि र गजल अनुरागीहरुको विचार

    नेता पनि हाम्रै हुन् र शब्द पनि हाम्रै हुन्
    प्रेमले पनि मन पगाल्न सकिन्छ
    गन्तव्य भेट्ऩ सकिन्छ
    यत्ति धेरै शब्दमा विचार राख्नुमा अहंकारक

  5. प्रेमजीको ‘विचारको सम्बोधन र
    प्रेमजीको ‘विचारको सम्बोधन र राष्ट्रिय चिन्तनलाई’ हार्दिक स्वागत एवं अग्रगतिको लागि शुभकामना

Leave a Reply to nandalal.acharya Cancel reply

Your email address will not be published. Required fields are marked *