नव गीतकार तथा प्रस्तुतकर्ता मणिराज बस्नेतको “फाटेको मन”लाई चिरफार गर्दा


नव गीतकार मणिराज बस्नेतद्वारा लिखित तथा प्रस्तुत गीति-एल्बम “फाटेको मन ” नेपालका हरेक बजारमा आउने तयारीमा छ । पृथक आवाजका धनी गायक शिव परियारले संगीत बद्ध गरेको यो एल्बममा बिभिन्न नयाँ पुराना गायकहरू लगायत शिव आफैंले पनि स्वर दिएका छन । गीतहरू प्राय:भावुक छन । गीतकार स्वयं परदेशमा रहेर परदेशको पीडा भोग्नु परेको कारणले यो एल्बममा प्राय गीतका शब्दहरू परदेशको भोगाइ, आफन्तसँगको बिछोडका घातहरू पोखिएको छ ।

एल्बमको शीर्ष गीत “फाटेको मन” शब्दमा संगीतकार स्वयंले स्वर दिएका छन । यो गीतको शब्द धोका, पीडा, र विह्वलताले सजिएको छ । शब्द अनुसार गीतको मेलोडीले पनि साथ दिएकै मान्न सकिन्छ । गीतकारको प्रथम प्रयास भएकोले कतिपय कमी कमजोरीमा चुक्नु पनि स्वभाविक हो । त्यस्तै गेरेर दोश्रो गीत “हरेक साँझ तिम्रो यादले सताउँछ यहाँ मलाई” शब्द पनि आफन्त या आफ्नी प्रियसीको सम्झनामा रचिएको आभाष हुन्छ । उक्त गीतमा पनि शिवकै आवाज सजिएको छ । एउटै संगीतकारको संगीत भएको कारणले होला पहिलो र दोश्रो गीतका धुन झन्डै एउटै र निरश नै सुनिन्छन ।

तेश्रो गीत भने अलिकति असहज झैँ लाग्दछ । शब्द पनि मीठो छ । धमेन्द्र सेवानको आवाजमा जादु त छँदैछ । तर एउटा सही समीक्षकको आँखाले हेर्ने हो भने गीतको शब्द भावले सबै स्वदेशी मनहरू बिदेश भासिएको गुनासो गरेको छ भने । गीतको लयले भने खुशी ब्यक्त गरेर खुशीयालीमा रमाउँदै गाएको आभाष हुन्छ । भन्नुको अर्थ संगीत आफ्नो ठाउँमा मीठो छ । शब्दले देशबाट बिदेशिएका युवाहरूप्रति बेदना पोखेको छ तर यी दुई शब्द र लयको तार्तम्य अलिक नमिलेको हो कि जस्तो महसुश हुन्छ । यो लयमा भने शब्द अलिकति जोश, जाँगर भरिएको अर्थात बिदेश छाडेर स्वदेश भित्रिएको खुशीयालीको शब्द भर्दा उत्तम लाग्ने थियो । अनी यो शब्दमा भने संगीत (लय) अलिक मार्मिक, भावुक र स्लो भएको भए गीत र संगीत अझ अब्बल दर्जाको हुने थियो । भन्नुको अर्थ के भने शब्दले मागेको लय (धुन )र धुनले मागेको शब्दमा अलिकति पृथकता देखियो । यिनीहरू आफैंमा भने अवश्य स्तरीय छन । यो समीक्षकको बुझाई मात्र पनि हुन सक्छ । त्यस्तै गरेर चौथो गीत “धेरै भयो मायालुले आउँछु भनी ढाँटेको” बोलको गीतको शब्दमा गीतकारले साँच्चै प्रेमीको पर्खाइमा तड्पिएकी युवतीको मनोभाव बुझेर गीत शृजना गरेका छन भने संगीतकारले पनि गीतको शब्दलाई सही न्याय दिएका छन र यो गीतकी गायिका रजिना रिमालको स्वर पनि निक्कै पृथक र मन्त्रमुग्ध बनाउने किसिमको लाग्दछ ।

पाँचौँ गीतको बोल “किन आज टाढा भयौ”मा आफ्नी मायालुसँगको गुनासो छताछुल्ल पारेर गीतकारले शब्द पोखेका छन । स्थापित गायक स्वरूपको आवाज माधुर्यताले गीतको शब्द र संगीतलाई अन्तरहृदयबाट नै न्याय दिन सफल छ । यस्तै गरेर छैठौं गीत “निष्ठुरीलाइे विश्वास गरेँ” बोलको शब्दमा धोकेबाज मायालुप्रति गुनासो पोख्न वाध्य छन गीतकार । शिव परियार स्वयंको आवाजमा शब्दानुसार आवाजमा बेदना र पीडा ब्यक्त छ । “तिर्खाएको हरिण जस्तै” गीत नम्बर ४ को शब्द यहाँ पनि दोहोरिएर साँच्चै गीतकारको यो प्रथम प्रयास नै हो भन्ने जाहेर भएको छ । त्यस्तै गरेर “करौँती” शब्द पनि दुई गीतहरूमा लागु भएको छ । यो मेरो सही आँखा र गीतहरू प्रतिको ध्यान र श्रवणप्रतिको लगाव हो । यस्तै गरेर अदृश्य रूपमा यो एल्बमलाई मिठास भर्नेहरूमा एरेन्जेर चाँद सिंह, गोपाल रसाइली, जुन धेरै पुराना संगीत संयोजकहरू हुन र शाहस शाक्यको नाम मेरो नजरमा नयाँ देखिएता पनि वहाँको संयोजनमा कमी देखिन्न । वाध्यबाधकहरूमा बास गीतारमा अनुप दास जो पुराना र स्थापित हुन भने बाँसूरीमा रमन श्रेष्ठ, गीतारमा गोपाल रसाइली, इस्राजमा सन्तोष श्रेष्ठ, सारंगीमा धर्म गन्धर्व, तबलामा पुराना तबला बादक कुमार सिंह र भ्वाइलिन र सेक्सोफोनमा रविन कार्कीले साथ दिएका छन । ड्रिम्स स्टुडियोमा रेकोर्डिङ भएको यो एल्बम गुणस्तरीय नै लाग्दछ । रेकोर्डिङ गरेर सहयोग गर्ने धेरै पुराना रेकर्डिस्ट तथा मास्टरिङ्ग गर्ने महेश्वरमान राजभण्डारीको लगनशीलता र मेहनतलाई त पुरानो अनुभव नै मान्नु पर्दछ जसलाई मैले आजभन्दा लगभग १५ /१६ बर्ष अघिदेखि नै यही क्षेत्रमा लागि परेको देख्दै आएकी छु ।

एल्बममा गीतहरू ६ वटा मात्र समावेश गरिएकोले कतै श्रोताहरूलाई घाटा त हुँदैन ? भन्ने प्रश्न यो समीक्षकको मनमा नउठेको पनि होइन । यो एल्बमको टिका टिप्पणी गर्नमा मैले एउटा समीक्षकको चस्मा भित्रबाट नियालेर हेरेकी हुँ जहाँ समीक्षकले झुठो प्रशंसाको धाप मात्र दिएर कसैको पनि शृजनालाई उक्साउनु हुन्न, ताकि भविष्यमा फेरि कुनै पनि किसिमको गल्ती वा कमी कम्जोरी नदोहोरियोस । समीक्षक भन्नु नै सही न्यायकर्ता हुनुपर्दछ र समीक्षा भनेको नै सही र बेसही कुरालाईलाई बराबर स्थानमा राखेर कुनै पनि कृतिको दिर्घ जीवनको कामना गर्नु र श्रष्टालाई प्रेरणा वा सतर्क गराउनु हो भन्ने मेरो ठनाइ छ । गीतकार तथा लगानीकर्ता मणिराज सँगको छोटो भेट्मा कुनै एउटा गीतको भने म्युजिक भिडियो पनि बन्दै गरेको जानकारी प्राप्त भएको छ । निकट भविष्यमा नै म्युजिक नेपालले प्रस्तुत गर्ने यो एल्बम “फाटेको मन” र यस्का सबै सहयात्रीलाई अग्रिम बधाई । लगानिकर्ता मणिजीलाई आफ्नो लगानी भने जस्तै उठ्न नसके पनि आफ्नो शृजनाबाट अवश्य सन्तुष्टि मिल्नेछ भन्ने आशा सहित शुभकामना ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

11 thoughts on “नव गीतकार तथा प्रस्तुतकर्ता मणिराज बस्नेतको “फाटेको मन”लाई चिरफार गर्दा”

  1. मझेरीले के गर्न खोजेको हो
    मझेरीले के गर्न खोजेको हो बुझ्न सकिन!यस्ता क्यासेतको बिज्ञापनहरुलाई पनि साहित्यमा सामेल गराई राख्नु सरासर गल्ति हो।चिनेको या अरु कुनै बहानामा एउटै मान्छेको राम्रो होस या नराम्रो होस एउटै बिधाका थुप्रै लेखहरु होमपेजमा राख्नाले मझेरीको गुणस्तर घट्ने छ!

  2. सिर्जनाको समीक्षा
    सिर्जनाको समीक्षा हुन्छ
    सिर्जना नै साहित्य हो यसमा विवाद नगरौँ
    गीतसंगीत कलासंस्कृति आदित्यादिले पनि नौलो सिर्जना गरेको छ भने त्यो समीक्षाभित्र पर्छ र साहित्यभित्र अटाउँछ
    विचार दिँदा नाम पनि दिऔँ
    र विश्वसनीय वातावरण तयार पारौँ
    धन्यवाद

    1. Nnadala ji samikchhya ra
      Nnadala ji samikchhya ra bigyaapan eutai bidha ho ra? yahako tarka sangat kurale malai chitta bujhyo.sujhau dine ta ra naam nadine athawa chhadma naam dinesanga bhane daraaunu nai parchha. dhanyabaad maile bhanda pahila hajurle yi sujhaauroopi shabdaharu padhera uttar dinu bhayechha.

      1. अतिथि र रविनज्यू संयुक्तरूपमा
        अतिथि र रविनज्यू संयुक्तरूपमा एकमुष्ठ आभार
        अमूल्य विचारलाई हार्दिक स्वागत
        हामी सबैको पाठकीय मत एकै देखियो
        मेरो मूल कथन गीत संगीत कला संस्कृतीको समीक्षाले पनि मझेरीको पर्खालमा ठाम पाउनुपर्छ भन्ने थियो
        समीक्षाको सौध्दान्तिक पक्षसँग दिनुभएको विचारलाई मैले स्वागत गरेकै छु
        राम्रा र नराम्रा पक्ष दुबैको चर्चा समीक्षामा हुन्छ
        तर विज्ञापनमा भने राम्रैराम्रा पक्ष मात्रलाई समेटिन्छ भन्ने मेरो ठहर हो
        मधुपर्क

    2. सिर्जनाको समिक्षा हुदैन भनेर
      सिर्जनाको समिक्षा हुदैन भनेर कस्ले भनेको छ र?कुन सिर्जनालाई कुन ठाउमा समिक्षा गर्ने त्यो बुझ्नु जरुरी हुन्छ।मझेरी एउटा स्तरिय र शुद्द सहित्यको फूलबारी हो यसलाई जहिले पनि मलिलो माटो,मल-जलको अत्यान्त जरुरी हुन्छ।मलजलको सट्टा यस्मा बालुवा र सुकेको पात मिसाउन थालेऔ भने एक्दिन फूल्बारी नष्ट भएर जाने निस्चित हुन्छ। मझेरीमा यसरी एउटा क्यासेटको समिक्षा गरेको अलिकती पनि मेल खाएन,पटक्कै सुहाएन।यो त एउट बिज्ञापन जस्तो देखिएन र?

      रबिन थापा

      1. मधुपर्क र गरिमा पत्रिकाले पनि
        मधुपर्क र गरिमा पत्रिकाले पनि गीत संगीत कला संस्कृतिलाई प्रयाप्त ठाउँ दिएका छन्
        मित्रहरू
        सधैँ हर दृष्टिकोणले उत्तम रचना सिर्जन सकिन्न
        विज्ञापनजस्ता धेरै कुरा हुन सक्छन् तर विज्ञापन स्वार्थले प्रेरित हुन्छ

        विचार दिन नछाडौँ
        सुझाव लिन नविर्सौँ
        वेभ पत्रिकाको होम पेज वारे जानकारी छैन
        10/12 साहित्यिक वेभ पत्रिकामा रचना पढ्न पाए पनि जानकारी भएन
        तपाईँहरूकै विचारआदान प्रदानले सिक्दै छु
        THANKS.

    3. रबिनजी,
      प्रथमत‌‌: मझेरीलाई

      रबिनजी,

      प्रथमत‌‌: मझेरीलाई माया गरिदिनुभएकोमा धन्यवाद छ । आगामी दिनहरूमा पनि यहाँको सकृय सहभागिताको अपेक्षा गर्दछु।

      मझेरीले गीतहरूलाई पनि साहित्यको परिधिमा ओगटेको छ – जसमा कुनै भूल छैन, अवश्य पनि । बिधा-सूचीमा हेर्नुभो भने बिभिन्न बिधाका गीतहरू राखिएका छन् ।
      साहित्यिक स्थल भएकोले, विशेषत गायक गायिका नभैकन रचनाकारको नामबाट राखिएका छन् । गीतहरूको समीक्षा पनि राखिएकै छ- “कला/संगीत समीक्षा” विधा अन्तर्गत । यो लेख पनि त्यस्तैमा पर्न आउने हुनाले मझेरीमा समावेश गरिएको हो ।

      जहाँसम्म लाग्छ, यस समीक्षामा राम्रा राम्रा कुराहरू मात्रै गन्थेर विज्ञापन गरिएको छैन । ठाउँ ठाउँमा समीक्षकले आलोचनात्मक टिप्पणीहरू पनि गर्नुभएको छ।

      रचनाकारसँग मझेरीको, साहित्य छोडेर अन्य कुनै सम्बन्ध छैन । अनि, तपाईले भने जस्तै, एउटै रचनाकारका धेरै लेखहरू प्रकाशित नगर्ने नियम मझेरीले लिएको छ। यो रचना राखेर अरू कुनै लेखकका रचनाहरूलाई पाखा पारिएको भने छैन। के गर्ने ? यस पटक सबै लेखकहरू सायद तिहार मनाउन लाग्नुभएकोले होला, हामीलाई त्यति रचना हात नपरेको बेला थियो । मझेरीलाई निस्कृय पार्नु पनि भएन नि! घन्टौंसम्म नयाँ खुराक नहुनुभन्दा प्रभाजीकै खुराक (जसको लागि वहाँलाई धन्यवाद छ) भएपनि पस्केकै हुँ ।

      आशा छ, आगामी दिनहरूमा पनि मझेरीमा सकृय सहभागिता राख्नुहुनेछ ।

      कुमार

      1. Krishna ni naaattinu
        Krishna ni naaattinu hos,yasta sujhaauharu nai safaltako nimti chunauti hun.samikchhya.bigyaapan laai eutai bidhaa thaanneharusanga ke bhanne? geetkaar sahityik patoko anga ho bhanne thaha nahune harulaai ke jawaaf dine?sahitya bidhama samikchhyaa pani parchha bhanne thaha nahune sanga kasto apekchhya garne? orali ukali ta aauchha nai chadna chhadnu hunna.sahi satya sujhaaulaai aatmaasat garnai parchha.eutai manchheko rachana padhna man nalagepachhi aafuharule pani majheriko gunastar ra sahayog swarup aafna gatila rachanaharu pathayera sahayog gare bichara Majheriko kaanchuli pani ta pherinthyo hola wahahako bhanai anusaar hoina ra?????????????je hos aba ma kehi pathaudina jabaki tyattika baudhik bargako manchhelaai Majherile anyaya gare jasto laagchha bhane Majheriko nimti pathak nai sampurnata ho.ta ra ma bhane Majheri ajhai dilojyaan diyera herne athot garchhu ki wahako (jasle samikchhyalai bigyapan bhannu bho )rachana padhne laalachko saathma.waha bata eru kehi sikne aashako saathma.
        dhanyabaad.

    4. samikchhya pani sahityako ek
      samikchhya pani sahityako ek anga nai hoina ra?ki ma bhramma pare? tyastai ho jasle kaam garchha usaile gaali taali duwai paauchha yo katu satya ho.geetkaar sahityako ek hasti pani ho.tyasaile samikchhyaama geetkaarka kamikamjori lagayat sabai kura sametna khojieko chha ra geetkaar ra majheriko ke sambandha chha tyo malai thaha bhayena ta ra majherisanga mero bhane rachanaatmak sambandha bhayeko karanle ma rachana dwaara madat garna chahanchhu bas tyatti ho.majherile pani rachanako apekchhya sadhai garchha mabata.natra ta yo patrikako sampadaksanga kunai bela pani pratyakchhya kurakaani bhayeko chhaina ra ma sapasta sanga chindina pani bas ma sahtiyaanuraagi bhayeko karanle kunai pani patrikalai maya garchhu ra madat garna ruchaauchhu.yadi majheri ra yo samikchhyakle galti gare anjaan samjhi maafi dinu hola.

    5. कुमारजी धन्यबाद!मझेरीमा के
      कुमारजी धन्यबाद!मझेरीमा के गर्ने,के नगर्ने। कस्को रचना होमपेजमा राख्ने कस्को नराख्ने।कुन बिधाको रचनालाई प्राथमिकता दिने भन्ने सबै तपाईकै हातको कुरा भएकोले मैले धेरै बोल्न उचित ठान्दिन।तर एउटा सत्य भने पक्कै सुन्नुहोस!यहाँ एउटै मान्छेका धेरै लेखहरु लगतार होमपेजमा राखिएका छन् चाहे त्यो स्तरिय होस या तल्लो स्तरको होस।तपाइ संगको चिनजानले या कुनै अरुनै कारणले हो त्यो त तपाइलेनै जान्ने कुरा हो।तपाइले तिहारको कारणले गर्दा साहित्यको खडेरी लागेको भन्नु हुन्छ तर त्यति बेला पनित दिनको २० भन्दा धेरै लेख-रचनाहरु आएका छन।मैले मझेरीलाई धेरै पहिला देखि हेर्दै आएको छु,यो एउटा स्तरिय वेबपत्रीका हो भन्ने कुरामा संदेह छैन तर सबै पाठकहरुको मनोभाब नबुझी आफ्नै मात्रै मनोमानी गर्ने हो भने मझेरीको स्तर खस्किने कुरामा दुइमत नहोला।

      रबिन थापा

    6. तपाइको सल्लाह सुझावको लागि
      तपाइको सल्लाह सुझावको लागि धन्यबाद..

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *